रातोकलम अनलाइन!
क्वालालम्पुर,चैत्र-१३
नेपालीका लागि रोजगारका प्रमुख गन्तब्यको रुपमा चिनिदै आएको मलेशिया जति धेरै श्रमिकहरु छन।त्यसको दोब्बर समस्याहरु पनि छन।बिरलै लाई मात्र मलेशियाको रोजगारी फाफेको छ।धेरै अलपत्र र अङ्ग भङ्ग भइ समस्यामा पर्नेहरुको लर्कोनै छ भन्दा खासै फरक नपर्ला।
पछिल्लो समय मलेशियाको रोजगारीमा बिचौलिया र ठगिका मुद्दाहरु चुलिए पछी नेपाल सरकारले १० महिना देखि मलेशिया रोजगारी ठप्प पारेको छ।
मलेशिया र नेपाल बिचमा सरकारी सम्यन्त्र बाटै नेपाली कामदार मलेशिया पठाउने श्रम समझदारी पछि स्वास्थ्य परिक्षणको प्रक्रिया मलेशियाले पठाए पछी रोजगार खुल्ने सङ्केत समेत गरेको छ।त्यसो त दुबै देशका सरकार कामदारको समस्या लाई हल गर्न लागिरहेकै भएपनी पुर्ण रुपमा समस्या समाधान हुनेमा बिसस्त हुने आधार भने छैन।यस्तै समस्याहरु मध्येका एक अत्यन्त दुखद घट्नाहरुको बिसयमा रातोकलम अनलाइनका सम्बादाताले तयार गरेको रिपोर्टको पुर्ण अंश जस्ताको त्यस्तै प्रस्तुत छ।
ओखलढुंगाका बिष्णु बहादुर राई विगत २०१० मा मलेसियाको पानासोनिक कम्पनीमा रोजगारीका लागि आएका थिए ।बिष्णु बहादुरलाई पठाउने मेनपावर अहिले सरकारले कालो सुचिमा राखेको पीडित राईको भनाई छ। बिचौलिया र म्यानपावरले उनलाई पानासोनिक कम्पनी भनेर नेपालबाट पठाएका थिए तर यहाँ कम्पनीमा आइपुग्दा राई लगायतका कामदारहरुलाई सो कम्पनी बाहेक अन्य तिर कन्ट्याक्ट् काम गर्न पठाएको थियो।उक्त कन्ट्याक्ट् कम्पनीमा रोजगार दाताले समयमा तलब नदिने र काम धेरै लगाउने र मानसिक दबाब दिने गरेको कारणले गर्दा आफुले बाध्यताबस कम्पनी छोड्नु परेको बिष्णु बहादुर राईको भनाइ छ।
राईको घरमा दाजु भाउजू मात्र हुनुहुन्छ।आमा बुवाले सानैमा बिष्णु बहादुर राई १० बर्षको हुँदा स्वर्गबास भएको आखामा टिल्ल आँसु झार्दै बताए।घर ब्याबहार धान्नकै लागि मलेसिया रोजगारीको बिकल्प रोजेका हुन। राई हाल मलेसियाको क्वालालम्पुर स्थित नेपाली दूतावास नजिकै रहेका छन। अहिले उनलाइ टिभी रोग लागेको डाक्टरको रिपोर्टमा उल्लेख छ।विगत ६ महिना देखि अलपत्र अवस्थामा रहेका राई अहिले समाजसेवी कृष्ण बहादुर बम्सी ठाकुरीले सरण दिएर रेखदेख गरिरहेका छन।
त्यस्तै अर्का एकजना पनि कृष्ण बहादुरकै सरणमा रहेकाा ईलामका दिल कुमार श्रेष्ठको पनि आफ्नै कहालिलाग्दो कथा छ।
आफ्नै घर ब्याबहार चलाउन नसके पछी श्रेष्ठ पनि रोजगारीका लागी मलेशिया हानिएका थिए।पात्र फरक भए पनि लगभग दुबै जनाको मलेशियाको पृष्ठभुमि उस्तै छ।यतिबेला दुई ओटै खुट्टा काट्नु पर्ने अवस्था छन।श्रेष्ठको हातखुट्टा र अँखाको छेउमा पुरै घाउ फैलिसकेको छ।विगत २००४ मा मलेसिया आइपुगेका दिल कुमार श्रेष्ठ कम्पनीमा भनेको जस्तो काम र ज्याला नपाएपछि आफू आएको कम्पनी छोडेको बताउछन।मानसिक संतुलन समेत गुमाएका श्रेष्ठ बिगत भने सम्झिन सक्ने अवस्थामा छन।चिनी रोग र टिभी रोगबाट ग्रसित श्रेष्ठले घरमा एक छोरी र श्रीमती रहेको बताए।दुबै जनाको समस्या बारे नेपाली राजदुतावास मलेशिया जानकार रहेको बुझिएको छ।भने बिदेशमा मृत्यु सङ्ग पैठाजोरी खेलेर बसीरहेका राई र श्रेष्ठ लाई नेपाल फर्काउन दूतावासले कदम चालिरहेको नव नियुक्त राजदुत उदयराज पाण्डेले जानकारी दिनुभएको छ।