• बाहुनडाँगी । मेचीनगर लेडी जेसीजको आयोजनामा एक दिने प्रभावकारी सार्वजनिक भाषणकला तथा उत्प्रेरणा सम्बन्धि तालिम सम्पन्न भएको छ ।
    मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न तालिमको सहजीकण नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल तथा तरहरा जेसीजका पूर्व अध्यक्ष भीम गिरीले गर्नु भएको थियो । तालिममा शाखाका पदाधिकारी, छिमेकी शाखाका अध्यक्ष तथा धुलावारी क्याम्पसका विद्यार्थीहरुलगायतको सहभागिता रहेको थियो ।
    शाखा अध्यक्ष मञ्जु खनालको सभापतित्व तथा कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा धुलावारी जेसीजका पूर्व अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषी तिम्सिना, धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेल, तरहरा जेसीजका पूर्व अध्यक्ष भीम गिरी, शाखाकी पूर्व अध्यक्ष टिका सुवेदी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु शोभा श्रेष्ठ, उषा श्रेष्ठ, निवर्तमान अध्यक्ष सुनिता पनेरु, बाहुनडाँगी जेसीजका अध्यक्ष कञ्चन बराल, चारआली जेसीजका अध्यक्ष उत्तम पकुवाललगायतको सहभागिता रहेको थियो ।
    तालिम संयोजक रश्मि थापाले स्वागत, उपाध्यक्ष गरिमा बोहोराले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव गीता ओझाले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…