• बाहुनडाँगी । नेपाल जेसीजले सञ्चालन गरेको पहिलो चरणको तालिम अन्तरगत क्षेत्र ‘घ’ को सुर्खेत लेडी जेसीजमा सम्पन्न भएको छ । गत शनिवार बुटवल जेसीजबाट शुुरु भएको तालिम दाङको त्रिभूवन नगर हुँदै सुर्खेत पुगेको हो ।
    सुर्खेत लेडी जेसीजको आतिथ्यतामा कोहोलपुर, नेपालगञ्ज, भेरीगंगा, विरेन्द्रनगर जेसीज, विरेन्द्रनगर जुनियर जेसीज र दैलेख जेसीजको सयुक्त सहभागितामा ‘रिप्रोग्राम युवर माइन्ड एण्ड स्टेड माइन्ड’ विषयमा नेपाल जेसीजका ट्रेनर सिनेटर राजाबाबु शाहले दिनु भएको थियो । तालिको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल मिलनले गर्नु भएको थियो । तालिममा १ सय २० जनाको सहभागिता रहेको थियो ।
    सुर्खेत लेडी जेसीजकी अध्यक्ष सिया प्रधान कार्कीको सभापतित्वमा सम्पन्न तालिममा शाखाकी संस्थापक अध्यक्ष सिमा चन्द, पूर्व अध्यक्ष ज्योति पौडेल, निवर्तमान अध्यक्ष कृति गुभाजु शाक्य, विरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष भद्र भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, कोहोलपुर जेसीजकी अध्यक्ष संगिता पौडेल, भेरीगंगाको अध्यक्ष नवराज रिजाल, विरेन्द्रनगर जुनियर जेसीज विवेचना खनाल, दैलेख जेसीजकी रमा प्याकुरेल, दैलेख जेसीजका निवर्तमान अध्यक्ष चेतन विष्टलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चलन तालिम सम्पन्न भएको हो ।
    कार्यक्रमको महासचिव सुमित्रा गौत्तमले गर्नु भएको थियो । तालिम अन्तरगत बिहिवार धनगढी लेडी जेसीज र शुक्रवार र शनिवार टिकापुर जेसीजमा हुने कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेलले बताउनु भयो ।




सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…