• बाहुनडाँगी । जेसीज जीवनको आधारस्तम्भ मानिने जुनियर जेसीज अन्तरगत धनगढी जुनियर जेसीजले दोस्रो कार्य समितिको बैठकले तीन वटा महत्वपूर्ण विषयमा निर्णय गरेको छ ।
    बुधवार सम्पन्न बोर्ड बैठकबाट अब हरेक महिना तालिम सञ्चालन गर्नेछ । धनगढीमा रहेको आमाको माया छात्राबासमा रहेका बालबालिकाहरुका लागि जुनियर जेसीजले नेक्सन एजुकेशनको प्रायोजनमा उक्त छात्राबासमा रहेका असाय, टुहुरा र कमजोर बालबालिकाहरुका लागि व्यक्तित्व र नेतृत्व विकासका लागि तालिम सञ्चान गर्ने निर्ण गरेको हो ।

    जुनियर जेसीजका अध्यष सन्तोष पन्तको अध्यक्षतामा बसेको बैठकले खुत्रुके अभियानको समेत सुरुवात गरेको छ । जेसीजको हरेक कार्यक्रममा उक्त खुत्रुके राख्ने र त्यसमा जम्मा भएको रकम जेसीजको स्थापना दिवस (अगस्ट १५) कादिन फुटाएर जम्मा भएको रकमले मानविय सेवामा प्रयोग गर्ने अध्यक्ष पन्तले बताउनु भयो । उक्त खुत्रुकेमा धनगढी जेसीजका अध्यक्ष नरेन्द्र अवस्थी, धनगढी लेडी जेसीजका अध्यक्ष पुनम चटौत र धनगढी जेसीजका उपाध्यक्ष गिरीराज भण्डारीले रकम जम्मा गरेर उद्घाटन गर्नु भएको थियो ।
    यसैगरी, शाखाले धनगढी जेसीज, धनगढी लेडी जेसीज र धनगढी जुनियर जेसीजले गर्ने हरेक कार्यक्रमका व्यानर संकलन गरेर राख्ने समेत निर्णय गरेको अध्यक्ष पन्तले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…