• स्याङ्जा । वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्ग विस्तार गरिरहेको वेला विद्यार्थीको एस ई ई परीक्षा सुरू भए लगत्तै विद्यार्थीलाई धुलोको कारणले विरामी हुन गई परीक्षा प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै वालिङ जेसीजले परीक्षा केन्द्रमा पुगी माक्स वितरण गरेको छ । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्र लिएको जेसीजले यूवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा अहोरात्र कार्य गरिरहेको छ । विद्यार्थीहरूको स्वास्थ्य संवेदनशिलतालाई मध्य नजर गर्दै वालिङ जेसीजले सोमवार १५ सय विद्यार्थी र शिक्षक र सुरक्षाकर्मीलाई माक्स वितरण गरेको हो । वालिङ जेसीजका अध्यक्ष राजु तिवारीको संयोजकत्वमा माक्स वितरण गरिएको हो । माक्स वालिङ नगरपालिकाले उपलव्ध गराएको थियो ।
    सिद्धार्थ राजमार्ग अन्र्तगत वालिङ नगरपालिका अन्तर्गतको राजमार्गमा बाटो विस्तारका कारण यतिबेला सडक धुलाम्मे भएको छ ।
    सडक धुलाम्मे हुँदा पैत्रल यात्रु तथा विद्यार्थी समेत मारमा परेका छन् । एसइई दिईरहेका विद्यार्थीको समेत स्वास्थ्यमा प्रतिकुल असर नपरोस भन्दै वालिङ जेसिजले माक्स वितरण गरेको छ ।
    विद्यार्थीको एसइई परीक्षा सुरू भए लगत्तै विद्यार्थीलाई धुलोको कारणले विरामी हुन गई परीक्षा प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै वालिङ जेसीजले परीक्षा केन्द्र मै पुगी माक्स वितरण गरिएको वालिङ जेसीजका निवर्तमान अध्यक्ष लक्ष्मण अधिकारीले बताउनु भयो । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्र लिएको जेसीजले यूवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा कार्य गरिरहेको छ ।
    विद्यार्थीहरूको स्वास्थ्य संवेदनशिलतालाई मध्य नजर गर्दै वालिङ जेसीजले सोमवार १५ सय विद्यार्थी र शिक्षक र सुरक्षाकर्मीलाई माक्स वितरण गरेको हो । वालिङ जेसीजका अध्यक्ष राजु तिवारीको संयोजकत्वमा माक्स वितरण गरिएको हो । माक्स वालिङ नगरपालिकाले उपलव्ध गराएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…