• काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबको तीन दिनभित्रै २९ हजार कर्मचारीको समायोजन गर्ने गरी अन्तिम गृहकार्य अघि बढाएको छ । ८९ हजार निजामती कर्मचारीमध्ये बुधबार रातिसम्म ६० हजार बढीको समायोजन गरिएको छ । समायोजन भएकामध्ये अधिकांशले पत्र बुझिसकेका छन् ।

    केन्द्रीकृत शासन प्रणालीअनुसार भर्ना भएका ८९ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया थालेको मन्त्रालयले हालसम्म तीनै तहमा गरी ६० हजार ६ सय ३४ जना कर्मचारीको समायोजन भइसकेको समायोजन शाखाका उपसचिव केशर पण्डितले जानकारी दिए । पण्डितका अनुसार बुधबार रातिसम्म संघमा ३७ हजार ८ सय ८७, प्रदेशमा ११ हजार ४ सय २७ जना र स्थानीय तहमा ९ हजार ५ सय ३४ जना कर्मचारी समायोजन भइसकेका छन् ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका कर्मचारीहरू रातको २ बजेसम्म मन्त्रालयमा नै व्यस्त रही समायोजन कार्य सक्ने गृहकार्यमा जुटेका छन् । ‘अबको तीन दिनभित्र सक्ने गरी रातभर जाग्राम बसेरै समायोजनको काम जारी राखेका छांै । घरमा गएर सुत्दा बिहानको ५ बज्छ,’ समायोजन शाखाका उपसचिव पण्डितले राजधानीसँग भने ।

    उपसचिव पण्डितका अनुसार सातवटा प्रदेशमध्ये हालसम्म प्रदेश ३ मा सबैभन्दा बढी २ हजार १ सय ५४ जना समायोजन भएका छन् । यसैगरी, प्रदेश १ मा २ हजार ४२, प्रदेश २ मा १ हजार ४ सय ८२, गण्डकी प्रदेशमा १ हजार ४ सय १३, प्रदेश ५ मा १ हजार ९ सय ६८, कर्णाली प्रदेशमा १ हजार १ सय ३४, सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ३४ जना कर्मचारी समायोजन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । दरबन्दी नभएकाले समायोजन हुन नसकेका १ हजार ७ सय ८६ जना कर्मचारी फाजिलमा परेका छन् ।
    समायोजन भएकामा ७७ जना सचिवस्तरका छन् भने ५ सय ३२ जना सहसचिवस्तरका छन् । यसैगरी, उपसचिवस्तरका ३ हजार ६ सय २ जना कर्मचारीको समायोजन भएको छ भने समायोजन भएका शाखा अधिकृतको संख्या ११ हजार ७ सय १० रहेको छ । यस्तै, सुब्बा स्तरका १७ हजार ८ सय ९० र खरिदार स्तरका ११ हजार ५ सय ९६ जना कर्मचारीको समायोजन गरिएको छ । यस्तै, १४ हजार ८ सय २५ जना श्रेणीविहीन कर्मचारीको समायोजन भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…