• काठमाडौं । सरकारद्धारा प्रतिवन्धित पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबारका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ।

    सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पहिलो पटक बसेको स्थायी समिति बैठकले गत सोमबार नेपाल बन्द लगायतका चरणबन्द आन्दोलनको घोषणा गरेको थियो।

    तर बुधबार विप्लवको पार्टीले बन्द फिर्ता लिएको हो । एसईईको परीक्षा र नेपाल बार एसोसिएसनको चुनाव परेकाले बन्द फिर्ता लिने निर्णय लिएको बताइएको छ ।

    राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एसोसिएसन र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द फिर्ता लिन आग्रह गरेका थिए ।

    विप्लवले यही शुक्रबार र शनिबार लगानी सम्मेलनलाई असर पर्ने गरी नेपाल बन्दको घोषणा गरेका थिए । नेपाल बन्द फिर्ता लिए पनि अन्य कार्यक्रमहरु जारी रहेको पनि बताइएको छ ।

    कार्यक्रम अन्तर्गत चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…