बाहुनडाँगी । विद्यालयका विद्यार्थीहरुको मनोविज्ञानमा आधारित भएर निर्माण भएको डकुमेन्ट्री कखरा विराटनगर जेसीजद्धारा विटारनगरमा पहिलो पटक प्रर्दशनीमा ल्याउने भएको छ । विराटनगर जेसीजले शनिवार बिहान ८ बजे विराटनगरको सिटी सिनेमा हलमा च्यारिटि शो गर्ने तयारी गरेको हो । बाल मनोविज्ञानले व्यक्तिको शैक्षिक तथा व्यवहारमा कतिको असर पर्दछ भन्ने कुरालाई समावेश गरिएको डकुमेन्ट्रीमा अन्य विभिन्न मनोविज्ञानलाई समेत समेट्दै दण्डरहित शिक्षालाई अघि बढाएको छ ।
उक्त शैक्षिक मनोवैज्ञानिक चलचित्रलाई विराटनगर जेसीजले यस क्षेत्रका शैक्षिक व्यक्तित्वहरुको सहभागितामा च्यारिटि शो गर्न लागेको हो । यस डकुमेन्ट्रीले यस क्षेत्रका शिक्षक, प्राचार्य, विद्यार्थी, विभिन्न शैक्षिक क्षेत्रका व्यक्तिहरुलाई सकरात्मक सन्देश दिने शाखाका अध्यक्ष सेवक बजगाईले बताउनु भयो । उहाँले सबै तयारी पुरा भएको र करिब २ सय जनाको सहभागिता रहने बताउनु भयो ।