बाहुनडाँगी । नेपाल जेसीजको क्षेत्र ‘ख’ अन्तरगतका १८ वटा शाखाहरुको सयुक्त आयोजनामा यहि शनिवार मल्टि च्याप्टर तालिम हुँदैछ । रत्ननगर जेसीजको आथित्यता रहेको तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्याल चितवनको रत्ननगर आउनु हुनेछ ।
क्षेत्र ‘ख’ अन्तरगत रहेका बसामाडी जेसीज, बस्तीपुर जेसीज, विरगञ्ज जेसीज, वीसहजार जेसीज, चन्द्रनिगापुर सिटी जेसीज, गीता नगर जेसीज, हेटौँडा जेसीज, हेटौँडा लेडी जेसीज, कलैया सिटी जेसीज, नारायणगढ जेसीज, नारायणगढी लेडी जेसीज, पालुङ जेसीज, पर्सा खैरेनी जेसीज, सौराह जेसीज, सौराह लेडी जेसीज र सारदानगर जेसीजको सयुक्त सहभागिता रहनेछ । यो मल्टिच्याप्टर तालिममा सहभागि शाखाहरु अहिलेसम्मकै सबै भन्दा धेरै सहभागिता हो ।
होटल स्टार बैककुइट हुने तालिममा जेसीआई सिनेटर बस्यालले ‘बिइङ एण्ड एक्टिभ सिटिजन फर बेटर वल्र्ड’ विषयमा सहभागिलाई प्रशिक्षण गराउनु हुनेछ । तालिमका लागि सबै तयारी पुरा भएको र तालिममा करिब १ सय जनाको सहभागिता रहने आथित्यता शाखा रत्ननगर जेसीज वर्ष २०१९ का अध्यक्ष सुभाष पोखरेलले बताउनु भयो ।