• बेलबारी । मोरङको बेलबारी ४ की २६ बर्षिया रमिला राईको हत्या भएको २७ दिनपछि अन्तिम संस्कार गरिएको छ । बेतना सिमसार नजिकै देवीथान सामुदायिक वन क्षेत्र स्थित तिनपैनीमा बिहिबार रमिलाको शव दाहसंस्कार गरिएको हो ।

    नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङ द्वारा हत्या भएको २६ दिन पछि बुधबार कोसीमा फेला परेको रमिलाको शव धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबार नै पोष्टमार्टम भएको थियो । बुधबार कोसीमा फेला परेको शव प्रतिष्ठान लगेर शव गृहमा राखिएको थियो । प्रतिष्ठानमै गएको रमिलाको आफन्तको टोलीले पोष्टमार्टम पछि शव बुझेको थियो ।

    नेकपाका नेता गुरुङले हत्या गरेर कोसी नदीमा शव फालेको भनेर प्रहरीलाई वयान दिएदेखि नै प्रहरीले शव खोजी कार्य जारी राखेको थियो । गएको फागुन १७ गतेदेखि हराएकी रमिलाको खोजी गर्दा पनि नभेटिएपछि प्रहरीले योगेन्द्र गुरुङलाई पक्राउ गरेको थियो । पक्राउ परेका गुरुङले हत्या गरेर शव फालेको बताएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…