• काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओली नेपाली काँग्रेसप्रति गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै एक कम्यूनिष्ट नेताले काँग्रेसलाई लोकतन्त्रबारे सिकाउन नपर्ने बताएको छ ।

    काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको टिप्पणीप्रति कडा जवाफ दिएका छन् । उनले ओलीले काँग्रेसलाई लोकतन्त्रबारे सिकाउनु ‘आमाको अगाडि मावलको बयान’ जस्तै भनेर प्रतिक्रिया दिएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नुपर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलको बयान’ भन्दा भिन्न छैन ।’

    काँग्रेसले विप्लवबारे काँग्रेको अडान प्रष्ट रहेको भन्दै विप्वल समूहमाथि प्रतिबन्ध लगाउनु भन्दा पनि वार्ता गरेरै समस्या समधान गर्नुपर्ने दोहोर्याएको छ । काँग्रेसले भनेको छ, विप्लव समूहलाई लगाइएको प्रतिबन्ध बारे हाम्रो धारणा प्रष्ट छ, नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो तर निषेधले समाधानमा पुग्न सकिन्न । वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीसँग हामी खोजिरहेका छौं र हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपिल गरिरहेका छौं । विद्रोहीको हिंसा, राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिहरुको आतङ्कले मुलुकलाई समाधान दिंदैन ।’

    काँग्रेसले सिके राउतसँगको सम्झौताबारे सरकारको व्याख्या नआउनु पनि दुखःद भनेको छ । काँग्रेसले विखण्डनको माग राख्नेसँग सम्झौता हुनु स्वागत योग्य भए पनि सम्झौताको साझा व्याख्या हुनुपर्ने बताएको छ ।

    काँग्रेसले विप्लव समूहलाई शान्तिपूर्ण गतिविधि गर्दै वार्ता आउन पनि अपिल गरेको छ ।

    काँग्रेसको विज्ञप्तिः

    सम्माननीय प्रधानमन्त्री के।पी। ओलीले आज एक कार्यक्रमका क्रममा नेपाली कांग्रेसका प्रति गर्नु भएको टिप्पणीलाई हामीले प्रधानमन्त्रीको पदीय गरिमाको उचाई अनुरुप नभएको दुःखद र हलुका अभिव्यक्तिका रुपमा लिएका छौं ।

    १। एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलको बयान’ भन्दा भिन्न छैन ।

    २। विप्लव समूहलाई लगाइएको प्रतिबन्ध बारे हाम्रो धारणा प्रष्ट छ, नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो तर निषेधले समाधानमा पुग्न सकिन्न । वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीसँग हामी खोजिरहेका छौं र हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपिल गरिरहेका छौं । विद्रोहीको हिंसा, राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिहरुको आतङ्कले मुलुकलाई समाधान दिंदैन ।

    ३। बिखण्डनको मुद्दा परित्याग गरेर नेपालको अखण्डता स्वीकार्ने जो कसैलाई हाम्रो स्वागत छ र रहनेछ तर सरकार–सिके सम्झौताको दोस्रो वुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या सम्झौताको तीन साता पुग्दा पनि आउन नसक्नु दुःखद र आपत्तिजनक छ । तिक्त भाषणहरुमा समय खेर फाल्नु भन्दा परिपक्व छलफलमा समय लगाउनु पर्ने प्रधानमन्त्रीको कर्तव्य स्मरण गराउन चाहन्छौँ ।

    ४। नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा निर्माण भएको संविधानप्रति स्वामित्व बोध सदैव गरेको छ र आवश्यक संशोधन मार्फत यसप्रति अपनत्वको दायरा विस्तार गर्न सकिने विषयप्रति विश्वस्त छ । कांग्रेसको कर्म र विश्वासप्रति औचित्यहिन टिप्पणीहरु गरेर दिन बिताउनु भन्दा जनताले सुम्पिएको दायित्व बमोजिम जिम्मेवार ढंगले कार्य गर्न प्रधानमन्त्रीजीलाई सचेत गराउन चाहन्छु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…