• भिडियो सहितमोरङको लेटाङ नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन । बलत्कार गर्ने ब्याक्ती मोरङ लेटाङका राजन कार्की रहेका छन । बलत्कारको भोलिपल्ट बलत्कृत बालिकाको उजुरीको आधारमा पक्राउ गरि हिरासतमा रहेका छन । लामो समय देखि श्रीमान श्रीमती अलग बस्दै आएका पौष २५ गते छोरा छोरी भेट्न जेठी श्रीमतीको घर आएका थिए । उक्त दिन श्रीमती माईत गएको मैकामा राति घरमा आई काम सघाउन राखेकी अपरिचीत केटीलाई बलत्कार गरेको आरोपमा हिरासत्मा रहेका छन । भोजपुर घर बताउने उक्त बालिका ९ बर्षको उमेरमा बाबाले अर्कि ल्याएको र आमा अर्कै संग गए पछि एक साथीको साथमा सुनसरीको इटहरीकमा बस्दै आएकी थिन । इटहरीमा काम गर्न गाह्रो भएकाले लेटाङकै एक दिदीको बस्दै आएकी उनि बताउछिन । दिदीको श्रीमानले दिदीलाई छोडेको भएकाले दिदीले आफुसंगै राख्ने भए पछि दिदीलाई २ महिना देखी सगाउदै आएकी थिन । ८ बर्ष देखि अलग भएका श्रीमान आफु नभएको बेला पौष २५ गते आउनु भएको र आफ्नो पनि फोन सम्पर्क भएको घर वालि दिदीको भनाई छ । आफुले “म घरमा छैन तपाई त्यहाबाट गैहाल्नु भनेको थिए तर राति आउनु भएको कुरा छोराले भनेको उनि बताउछ” । राति पनि फोन आएको थियो म्यासेज पनि आएको तर आफु दमकमा भएकाले रातको १० बजे आउन पाईन र श्रीमानले त्यस्तो गर्लान भन्ने सोचेको पनि थिन घरमुली दिदी बताउछिन । घर बेटि दिदीले मायाका साथ राख्नु भएको छ मेरो आफ्न्त कोही छैन यहाँ सबैले मलाई नराम्रो सोच्छन प्रहरीले पनि सहयोग गरेको छैन । दुई चोटि डिएन ए टेष्ट गरि सके अहिले सबै तिर बाट मिल्न दवाब आउछ । के गरिवले चै न्याय पाउदैन्न पिडित बालिकाको प्रश्न छ । उनि आफुलाई केहि नचाहिने तर आफुलाई बलत्कार गर्ने ब्याक्तीलाई कानुन बमोजिम कार्वाहीको माग गरिरहेकी छन । यता उनिलाई पल्ने दिदी दोधारमा छिन एकातीर नचिनेको केटि, आफुलाई श्रीमानले छोडेको, माया लागेर साहाराको लागि ल्याए अर्का तिर छोडे पनि आफ्नै श्रीमान त्यस्तो आरोप आएको छ भन्दै विलैना गछिन । उनको पनि माग चै श्रीमानै भए पनि अपराध ठहर भो भने सजाय भोग्नु पर्छ उहाले गरेको पापको सजाय उहालेनै भोग्नुपने बताउछिन । तर प्रहरी प्रसासन र छर छिमेकीको भने मिल्नु पर्ने दवाब रहेको उनि बताउछि ।

सम्वन्धित समाचार

असार २० उर्लाबारी मोरङको बेलबारी नगरपालिका ७ दौलतपुरमा आफ्नै श्रीमानले राति सुत्ने कोठाभित्रै काठको म…

कमल सिंह ठकुरी काठमाडौं १३, २०७६ माघ : गायक प्रेम सोनिको एकल आवाजमा रहेको बिदेशी डलर बोलको गीत भर्खरै…

कमल सिंह ठकुरी/काठमाडौं १४, २०७६ कार्तिक गजलकार दिपक आचार्य ´जलन`को गजल संग्रह "अचानोमा दिल…

आर पोखरेल, काठमान्डौँ । लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परिया…