• दाङ । नेपाली कांग्रेसका पुर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्काको प्रथम स्मृति दिवस आयोजना गरिने भएको छ ।

    नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले सतबरीयामा चैत १६ गते स्मृती दिवस आयोजना गर्न थालेको हो ।

    आज आयोजना गरिएको प्रथम स्मृति दिवस कार्यक्रममा स्वर्गीय खड्काको परिवारले अक्षयकोष स्थापना गर्ने क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।

    शनिवार विहान ११ बजे हुने पहिलो पुण्य तिथिका अवसरमा उपस्थित हुन पाण्डेले सबै नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह समेत गरेका छन् ।

    यसैगरि, चैत २० गते पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लमहीमा विपी स्मृती भवनको शिलान्यास गर्ने निर्णय भएको छ ।

    काँग्रेस भित्र प्रभाबशाली,निर्भिक र निडर नेताको छवि वनाएका स्वर्गीय नेता वर्तमान समयमा खट्किएको नेता कार्यकर्ताहरुले खुलेरै बताएकाछन् ।

    खड्काले कांग्रेस भित्र हिन्दु राष्ट्र नेपाल हुनु पर्ने एजेण्डाको नेतृत्व गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…