कुमार खड्का चैत १६, पथरी ।
मोरङको उर्लावारी ३ स्थित मंगलवारे थापा चौकमा मा रहेको मदन भण्डारी प्रतिष्ठानको २५ औ रजत महोत्सबको उद्घाटन गर्न आईतवार प्रधानमन्त्री आउने भएपछि शनिवार बाटो कालो पत्रे गरिएको छ ।
शुक्रवार राति ९ वजे प्राइमर लगाएको सो वाटो केपि शर्मा ओली आउने भएपछि शनिवार दिउसो ३ वजे देखी कालोपत्रे गर्न थालिएको हो ।
यसरी देशका प्रधानमन्त्री को स्वागत सम्मानका लागि प्राइमर लगाएको २४ घण्टा पनि वित्न नपाउदै तयार गरिएको कालोपत्रे सडक कस्तो वन्ला भन्ने स्थानियको गुनासो रहेको छ ।
सोही स्थानमा केही समय अगाडी सम्माननीय राष्ट्रपति आउँदा ग्रभेल रहेको सो सडक अहिले प्रतिष्ठानले आफ्नो नियमित कार्य भन्दै रातारात कालो पत्र गरेको छ ।
कालो पत्रे नगरपलिको ११ लाख र मदन भण्डारी प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारको साझेदारीमा बन्दै गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक बिनोद अर्यालले बताएता पनि नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद भट्टराईले भने समझौता नभएको वताएका छन् ।
कालो पत्रे नगरपालिका र प्रतिष्ठानको साझेदारीमा बनेको भनिएता पनि कालो पत्रेको विषयमा नगरले कुनै स्टमेट नगरेको र बनेको विषय आफुले वाहिर बाट थाहा पाएको नगरपालिकाका इन्जीनीयर रोशन उदाश श्रेष्ठले बताए ।
आफ्नो अनुकुल बाटो बनेको र बिकाश निमार्ण हुन मन्त्रीनै आउनु पर्ने रहेछ भन्दै स्थानिय यसरी वनेको बाटो दिर्गकालिन हुन नसक्ने बताएका छन् ।
विकाश र समृद्धिको नारा वोकेको ओली सरकार र उनि आउदा मात्रै यसरी राता रात बाटो कालोपत्रे गर्दा विकाश र समृद्धिको नाममा जनताको आखामा छारो हाल्ने काम भएको स्थानियको भनाई रहेको छ ।
महेन्द« राजमार्ग देखी दक्षिण शनिश्चरे वजार सम्मको लगभग ३०० मिटर लामो सो सडक निर्माण गरिएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद आर्यालले बाटोको बिषयमा प्रधानमन्त्री आउने भएर निमार्ण गर्न लागिएको नभएको वताएका छन् ।
आर्यालले अलकत्र छरेको २४ घण्टा र कालो पत्र गरेको २४ घण्टामा बाटो प्रयोग गर्न मिल्लने पनि वताए ।
यता २४ घण्टा राख्दा शनिबार ३ बजे गरेको कालो पत्रले आईतवार ओली हिड्न नमिल्ने होकी भन्ने अर्यालको भनाईले नै पुष्टी गर्छ ।