• तुलसीपुर, १६ चैत

    नेपाली काङ्ग्रेसका नेता एवं पूर्वगृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा रु दुई लाखको अक्षयकोष स्थापना गरिएको छ ।

    खड्काको प्रथम वार्षिक पुण्यतिथिका अवसरमा खड्काको परिवारबाट आज राप्ती माध्यमिक विद्यालय सतबरीया दाङमा अक्षयकोष स्थापना गरिएको हो ।

    सो अक्षयकोषबाट प्राप्त रकम गरीब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा प्रदान गरिने बताइएको छ ।
    खड्काको प्रथम वार्षिक पुण्यतिथिका अवसरमा नेपाली काङ्गे्रसद्वारा आयोजित श्रद्धान्जलि कार्यक्रममा बोल्ने नेता तथा कार्यकर्ताले दाङलगायत देशैभरि उहाँको अभाव खड्किएको बताएका थिए । “खुमबहादुर सबैका मनमनमा बस्न सक्ने, विकास प्रेमी नेता हुनुहुन्थ्यो । उहाँको निधनले दाङलगायत देशैभर अभाव खड्किएको छ”, पार्टी जिल्ला सभापति कीर्तिबहादुर खड्काले भन्नुभयो ।

    कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले खड्का विकासप्रेमी, कार्यकर्ता संरक्षक र सबैलाई माया गर्ने नेताका रुपमा परिचित भएको बताउनुभयो । प्रदेशसभाका सदस्य अर्जुन श्रेष्ठले उहाँले अँगालेको विचार र सिद्धान्त पार्टी र कार्यकर्ताले अगाले मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । खड्काकी श्रीमती तथा काङ्ग्रेसका केन्द्रीय सदस्य शीला खड्काले श्रीमान्का सपना पूरा गर्न आफूहरु लाग्ने भन्दै उहाँको अनुपस्थितिमा उहाँले उठाउँदै आएका कुरालाई पूरा गर्ने बताउनुभयो ।

    कार्यक्रममा काङ्ग्रेसका नेता गेहेन्द्र गिरी, घनश्याम रेग्मी, मोहनलाल ओली, हरि रजौरे, संविधानसभाका सदस्य बुद्धिराम भण्डारी, राजु खनाल, सुशीला चौधरी, पूर्वसांसद कृष्णकिशोर घिमिरेलगायतले खड्काको निधनले पार्टीमा अतुलनीय क्षति पुगेको धारणा व्यक्त गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…