विराटनगर, १६ चैत्र । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले चालु अधिवेशनबाट प्रदेशको नामाकरण र राजधानीको बिषयको टुंगो लाग्ने बताएका छन् । नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा आज मोरङ शाखाले गरेको पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री राइले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लाउन प्रदेश सरकारले काम गरिरहेको बताए । उनले कानुन बनेसंगै प्रदेशमा प्रदेश सूचना आयोग गठन गर्ने समेत जानकारी गराए ।