देबु बानियाँ
बाहुनडाँगी । नारायणगढ लेडी जेसीजकी अध्यक्ष निरु कार्कीले आफुले शाखामा बनाएको एक्सन अफ प्लान बुझेर भन्दा पनि अघिल्ला बर्षहरुमा बनाइएका प्लानहरुलाई सार्ने र केही मात्रमा मात्र आफुले थप्ने गरेको बताउँदै ती योजनाहरुले समाजमा कमे प्रभाव पार्ने गरेको छ भन्ने नबुझेको स्वीकार गर्नु भएको छ ।
शनिवार रत्ननगर जेसीजको आथित्यतामा आयोजित मल्टि च्याप्टर तालिमको समापन समारोहमा बोल्दै अध्यक्ष कार्कीले तालिमबाट अब आउँदा वर्षहरुमा निर्माण गरिएका योजनाहरुले समाजलाई प्रत्यक्ष प्रभाव पादै जेसीज अभियानलाई थप उचाइमा लैजान सहयोग पुग्ने बताउनु भयो । उहाँले आफुले जेसीज जीवनमा जति अनुभव बटुलेको थिएँ त्यसलाई यो तालिमले अझ उत्साहित बनाएको बताउँदै अबको ९ महिनाको कार्यकाल उत्कृष्ट बनाउने बताउनु भयो ।
सौराह जेसीजका अध्यक्ष शिवप्रसाद भुषालले जेसीजले समाजलाई देखाउनका लागि होइन समाजमा केही काम गर्नका लागि क्रियाशिल रहेको बताउँदै रत्ननगरमा सम्पन्न तालिमले नयाँ उर्जा थपेको बताउनु भयो । उहाँले जेसीजबाट समाजमा सकरात्मकम प्रभाव पार्नका लागि हामीले गर्ने हरेक योजनाहरुले प्रत्यक्ष सरोकार राख्ने गरी निर्माण गर्नु पर्ने बताउनु भयो ।
क्षेत्र ख का निरुपित कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भुषालले आज सम्पन्न भएको तालिमले ४६ औँ राष्टिय महाधिवेशनलाई सहयोग पुग्ने बताउनु भयो । उहाँले तालिमले यस यस क्षेत्रका जेसीजहरुलाई उर्जा थपिएको बताउँदै सिकेका कुराहरुलाई आफ्नो शाखामा लागु गर्न आग्रह गर्नु भयो ।
क्षेत्र ख का १७ वटा शाखाहरुको सहभागितामा आयोजित तालिममा जेसीआई सिनेटर बस्यालले ‘बिइङ एण्ड एक्टिभ सिटिजन फर बेटर वल्र्ड’ विषयमा सहभागिलाई प्रशिक्षण गराउनु भएको थियो । तालिमको सहजीकरण गर्दै निवर्तमान अध्यक्ष समेत रहनु भएका सिनेटर बस्यालले जेसीजमा लागेर अरुलाई देखाउनका लागि होइन, युवा उद्यमशीलतासहित समाज परिवर्तनका लागि अघि बढ्नु पर्ने बताउनु भयो । साँझ ७ बजेसम्म संचालन भएको तालिममा सहभागिले तालिमले आफुहरुमा उर्जा थपेको बताउनु भयो ।
तालिममा सहभागि हुनका लागि क्षेत्र ख अन्तरगतका बसामाडी जेसीज, बस्तीपुर जेसीज, विरगञ्ज जेसीज, वीसहजार जेसीज, चन्द्रनिगापुर सिटी जेसीज, गीता नगर जेसीज, हेटौँडा जेसीज, हेटौँडा लेडी जेसीज, कलैया सिटी जेसीज, नारायणगढ जेसीज, नारायणगढी लेडी जेसीज, पालुङ जेसीज, पर्सा खैरेनी जेसीज, सौराह जेसीज, सौराह लेडी जेसीज, सारदानगर जेसीजका अध्यक्षसहित विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो । होटल स्टार बैककुइट १ सय ११ जनाको सहभागिता रहेको । रत्ननगर जेसीजका कोषाध्यक्ष हेमराज आचार्यले बताउनु भया ।
नेपाल जेसीजको ४६औँै महाधिभवेशनको आतिथ्यता शाखा समेत रहेको रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरलेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जेसीआई सिनेटर श्रीधर बस्याल, निरुपित कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भुषाल, शाखाका संस्थापक अध्यक्ष सिनेटर निजानन्द मल्ल, निरुपित उपाध्यक्ष सिनेटर कमल भण्डारी, क्षेत्र ख का तालिम निर्देशक शिव सुवदीलगायतले तालिममा सिकेको सीपलाई शाखामा विकास गर्न आग्रह गर्नु भयो । साथै सोही कार्यक्रममा पूर्व अध्यक्ष एवम् महाधिवेशनका महासचिव निरज श्रेष्ठले ३ महिनाको अवधीमा महाधिवेशनका लागि गरेका तयारीहरुका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले रत्ननगर महाधिभवेशनले नयाँ भन्दा पनि फरक रुपमा महाधिवेशन सम्पन्न गर्ने योजनाका साथ लागि परेको बताउनु भयो ।
कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्षहरु केपी अधिकारी, सिनेटर रुकमणि सिग्देल, अर्जुन अधिकारी, गोकुल सापकोटालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजकम दिलिप सुवेदी रहनु भएको कार्यक्रमको स्वागत अध्यक्ष सुभाष पोखरेल संचालन सदस्य उपेन्द्र आचार्यले गर्नु भएको थियो ।
स्मरण रहोस ः रत्ननगर जेसीजले आतिथ्ता गर्ने नेपाल जेसीजको ४६ औ महाधिवेशन २०७६ पुष ९ गतेदेखि १२ गतेसम्म चितवनको रत्ननगरमा हुने निश्चित भएको छ ।