• अनिल बराल
    १६ चैत, बेलबारी । मोरङको बेलबारी ४ की २६ बर्षिया रमिला राईको हत्या भएपछि उनका आफन्त र स्थानीयले अभियुक्त योगेन्द्र गुरुङ सहित अन्यको पनि संगग्नता रहेको भन्दै अनुसन्धान गर्न माग गरेका छन । रमिलाको घर बेलबारी ४ बुधबारे स्कुलटोलमा सनिबार पत्रकारहरुसँग कुरा गर्दै रमिलाका आफन्त तथा स्थानीयले घटनाको प्रकृति हेर्दा योगेन्द्र गुरुङको मात्र सहभागिता नभएकोले थप व्यक्तिको पनि संलग्नता भएको हुनसक्ने भन्दै अनुसन्धान गर्न माग गरेका हुन ।

    साथै राईको हत्यामा संलग्न गुरुङलाई बेलबारीमै सार्वजनिक गर्नुपर्ने, अपराधिलाई जन्मकैद हुनुपर्ने, १० बर्षिय छोरी शिखा लिम्बुको पालनपोषण तथा रेखदेखको ब्यबस्था हुनुपर्ने, हत्यारा गुरुङकी आमाले दिएको अभिब्यक्तिमा राजिनितिक कारण भनिएकोले उक्त बिषयमा समेत अनुसन्धान हुनुपर्ने लगायतका माग आफन्त तथा स्थानीयले गरेका छन ।

    रमिलाकी दिदि गंगा सुनुवारले घटनामा अन्यको पनि संलग्नता हुन सक्ने भन्दै थप अनुसन्धान हुनुपर्ने र हत्यारा गुरुङकि आमा सँग पनि सोधपुछ गर्नुपर्ने माग गर्नुभयो । सुनुवारले भन्नुभयो “४ बर्षसम्म प्रेम सम्बन्धमा रहेको अवस्थामा रमिलालाई हात खुट्टा बाँधिएको,३ वटा बोरामा पोकोपारेर हालि सप्तकोसीमा पुर्यांएर फाल्न गुरुङ एक्कैले गर्न सक्ने अवस्था छैन अन्यको पनि संलग्नता छ अनुसन्धान गरियोस” । साथै हत्यारा गुरुङकी आमाले एक सन्चार माध्यममा छोरालाई राजनितिक कारण फसाउन खोजियो भनेको हुनाले उक्त बिषयमा पनि गुरुङकी आमाको माध्यमबाट थप अनुसन्धान गर्न रमिलाकी दिदि सुनुवारले माग गर्नुभयो ।
    घटनामा अन्य ब्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै थप अनुसन्धान हुनुपर्ने बेलबारी ४ का वडा अध्यक्ष राम कुमार राईले माग गर्नुभयो । पिडित आमाबुबाको तर्फबाट भनाइ राख्दै स्थानीय बद्रंी गुरुङले थप अनुसन्धान हुनुपर्ने, अभियुक्त गुरुङलाई बेलबारीमा सार्वजनिक गर्नुपर्ने साथै छोरीको लालनपोषणको पनि ब्यबस्था हुनुपर्ने माग गर्नुभयो ।

    स्थानीय सबैलाई घटनाको प्रकृति हेर्दा गुरुङ बाहेक अन्यको पनि संलग्नता रहेको आशंका छ । स्थानीय राजेन्द्र चेमजोङले अन्यको पनि संलग्नता हुन सक्ने भन्दै दोसीलाई कारबाहि हुनुपर्ने बताउनुभयो ।
    गत फागुन १७ गते हत्या गरिएकी बेलबारीकी राईको शव बुधबार कोसी नदीमा फेला परेको थियो । सेतो बोरामा हालेर बाँधिएको अवस्थामा शव फेला परेको थियो । नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरेर कोसी नदीमा शव फालेको भनेर प्रहरीलाई वयान दिएदेखि नै प्रहरीले शव खोजी कार्य जारी राखेको थियो । गएको फागुन १७ गतेदेखि हराएकी रमिलाको खोजी गर्दा पनि नभेटिएपछि प्रहरीले योगेन्द्र गुरुङलाई पक्राउ गरेको थियो । पक्राउ परेका गुरुङले हत्या गरेर शव फालेको बताएका थिए ।

    कोसीमा फेला परेको रमिलाको शव धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबार पोष्टमार्टम गरी बिहिबार नै बेतना सिमसार नजिकै देवीथान सामुदायिक वन क्षेत्र स्थित तिनपैनीमा दाहासंस्कार गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…