गौरादह, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र मानिने गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलका बाबुराम भण्डारी निर्वाचित भएका छन् । नौ सदस्यीय कार्यसमितिमा अध्यक्ष र एक सदस्य लोकतान्त्रिकले जितेको छ भने अन्य नेकपाको प्रगतिशील समूहले जितेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसंग गठबन्धन बनाएर निर्वाचनमा उत्रिएका लोकतान्त्रिक प्यानलका भण्डारीले नेकपाका दुर्गा गौतमलाई हराउदै खानेपानीको अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । गएराती सम्पन्न मतपरिणाम अनुसार विजयी भण्डारीले ८ सय १९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी प्रगतिशील प्यानलका गौतमले ७ सय ९२ मत प्राप्त गरेका थिए ।अध्यक्षमा २७ मतको मतान्तर रहयो ।
निर्वाचन समितिका संयोजक डिल्लीराम अधिकारीका अनुसार शनिवार भएको निर्वाचनमा सचिव पदमा डण्डीराज घिमिर ९ सय ५६ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी देवेन्द्र खड्काले ६ सय १९ मत प्राप्त गरेका थिए । निर्वाचित सचिव प्रगतिशील प्यानलका हुन् ।
यसैगरि सदस्यहरुमा लोकतान्त्रिक प्यानलका भुपाल कटुवाल (७८६) बाहेक सवै प्रगतिशील प्यानलले जितेको छ ।
सदस्यमा निर्वाचित हुने अम्बर खत्री (९३२ ) ,नगेन्द्र कार्की (८८२ ) ,नारायण घिमिरे (८०४ ) र महिला सदस्यतर्फ धन माया अधिकारी (७३० ) , शान्ता पराजुली (७९४ ) र सिता बुढाथोकी (७६२ ) ल्याएका थिए । मतपरिणाम अनुसार सदस्यमा पराजित भएका कृष्ण बास्कोटा (७६५),लब हरी दाहाल (५५६),लोकनाथ राजबंशी ( ४३९) र हरी बर्देवाले ६७० मत प्राप्त गरेका थिए ।
यस्तै, महिला सदस्य पराजित हुने दुर्गा आचार्य (६४२), भुमिका बानिया (५३७ )र मन्दिरा कार्कीले ७१९ मत प्राप्त गरेकी थिईन् ।
यस्तै ,तीन सदस्यीय लेखा समिति प्रगतिशीलले जितेको छ । जसअनुसार संयोजकमा पुण्य सिग्देल (८३५ ) र सदस्यद्धयमा दिपक उप्रेती (८५५ ) र नारायण काफ्ले ( ७३९ ) विजयी भए । उनीहरुका प्रतिष्पर्धी संयोजकका उम्मेदवार भूपालमान कार्कीले ६२६ मत पाएका थिए र सदस्यमा नारायण कार्की (७२१ ) र यमनाथ पौडेलले (५५७ ) मत पाएका थिए । २१९५ उपभोक्ताहरु रहेको खानेपानीको निर्वाचनमा भने १७१५ मत खसेको थियो । निर्वाचनमा दुवै प्यानलले स्थानीय तथा संसदीय निर्वाचनको झल्को हुने गरि चुनावी मैदानमा उत्रिएका थिए ।