उर्लाबारी, १७ चैत । नेकपा एमालेमा स्वर्गिय नेता कमरेड मदन भण्डारी पार्टीभित्र मरेर गएपनि देखाउने दाँत सावित भएका छन् । प्रायः जसो कार्यक्रममा उनको बखान गाइएपनि उनको हत्यारा को हुँन भन्ने देखाउने तागत एमालेले राख्न सकेको छैन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङको उर्लाबारीमा नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताए । उनले आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै प्रधानमन्त्री ओलीले उनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । खासमा मदन भण्डारीको नाम एमालेमा भजाउने नाम मात्र भएको छ । साँच्चिकै उनको सिद्धान्त अहिलको परिपेक्षमा सयम सान्र्दभिक भएको भए किन उनको हत्यारा खोजिँदैन त ? यो रहस्यको कहिले सम्म, आम जनताको प्रश्न यहि छ ।
मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको बताएका थिए । त्यसो एक बर्ष बर्षअघि विद्या भण्डारीले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाको बारेमा लामो सयमसम्म सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद भएको हाँस्यापद भनाई राखेकी थिईन् । किनकी उनी देशकै सर्वोच्च पदमा पुगेपनि आफै सो प्रश्न राख्नु हाँस्यापद भएको कार्यक्रममा सहभागीहरुको बुझाई छ ।
२०५० साल जेष्ठ ३ को दिन एमालेका तात्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको चितवनको दास ढुंगामा गाडी दुर्घटनामा शंकास्पद मृत्यु भएको थियो । त्रिसुलीमा खसेका नेताद्धय आज मूर्ति र तस्वीरमा मात्र छन् ।
उनीहरुका बाचेका सवारी चालक अमर लामा पनि केही वर्ष अघि संदीग्ध गोलीको शिकार बने पछि अब मदन भण्डारीको हत्यारा गुम्राहामा छ ।
अहिले त अझ पार्टी नेतृत्वले यस विषयमा अभिव्यक्ति दिन पनि छाडेको देखिएको छ ।
राष्ट्रपति भण्डारी मुलुकको सर्वाेच्च व्यक्ति हुन् । मुलुकको सवै भन्दा शक्तिशाली व्यक्ति उनै मदनका राजनीतिक सहकर्मी केपी शर्मा ओली छन् । प्रधानमन्त्री ओली मदनको हत्याको छानवीन गर्न त्यतिवेला गठित आयोगका अध्यक्ष समेत हुन् ।
म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु भनेको धेरै भयो । तर उनी प्रधानमन्त्री भए पनि यो बिषयमा चु बोलेका छैनन् । बरु नेपाली राजनितीलाई स्वञ्छ रुपमा नियाल्नेहरु मदन भण्डारी अस्तायो,केपी ओली युग उदायो भन्न थोलका छन् ।
दासढुङगामा जिप दुर्घटनालाई भने रहस्यमय र मदन भण्डारीको हत्या योजना अनुरुप भएको मानिएको छ । दुर्घटनामा मदनसंगै रहेका एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो । तर जिपका चालक अमर लामा भने दुर्घटनामा परेर पनि जिवितै फर्किन सफल भए। उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। ति तिनै जनाको हत्याको रहस्य अझै सम्म पनि पत्ता लागेको छैन । अमर लामालाई नि मारिँदा भण्डारीको हत्या काण्ड रहस्यमय पार्न खोजिएको यहि बाट प्रस्ट भएको थियो ।
एमालेले दासढुंगा काण्डको छानवीन गर्न तत्कालिन स्थायी समिति सदस्य केपी ओली आयोग गठन गरियो। जनस्तरबाट पनि पद्मरत्न तुलाधर आयोग गठन भयो। पद्मरत्न तुलाधर आयोगले घटनालाई षडयन्त्रमूलक हत्या भएको ठहर गर्याे।
भण्डारीको हत्या भएको अर्काे बर्ष २०५१ सालमा एमालेको अल्पमतको सरकार गठन भयो । नेकपा एमालेका अध्यक्ष रहेका स्व. मनमोहन अधिकारी प्रधानमन्त्री निवर्वाचित भए । त्यही बेला पनि दासढुंगा हत्याकाण्डको छानवीनको चर्काे माग फेरी उठ्यो। नौ महिना सरकार चलाएको एमालेले मदन आश्रितको रहस्यमय घटनाको बारेमा खासै कुनै प्रयत्न गरेन। नौ महिनामात्रै सरकारमा बिताउनु परेको र अल्पमतको सरकार भएकोले सो सम्बन्धी केही प्रगति हुन नसकेको भन्दै एमालेले स्पष्टिकरण दियो। पार्टीले गठन गरेको आयोगका संयोजक ओलीले एमालेको बहुमतको सरकार भए हत्यारा पत्ता लाग्ने दावी गरेका थिए । अहिले बाम गठबन्धनको स्पष्ट बहुमत छ , तर केपि ओली यो बिषयमा किन बोल्दैनन् , बरु उनी आइतवार भण्डारीको सालिक हेरेर टोलाईरहे ।