• विराटनगर, १७ चैत

    राष्ट्रिय समाचार समिति (रासस)को पथरी समाचारदाता गोपाल पोखरेल पत्रकार कल्याण कोष मोरङको ३३औँ वार्षिकोत्सवका अवसरमा आज पुरस्कृत हुनुभएको छ । पोखरेल रु १५ हजार राशिको ‘उदीयमान पुरस्कार–२०७५’बाट पुरस्कृत हुनुभएको हो ।

    यसैगरी रु ३५ हजार राशिको ‘सिर्जनशील पत्रकारिता पुरस्कार–२०७५’बाट पत्रकार अनन्तराज न्यौपाने पुरस्कृत हुनुभएको छ । उहाँहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्नुभयो ।



    सो अवसरमा प्रमुख पराजुलीले पत्रकार कल्याण कोष मोरङलाई रु तीन लाख दिने वचनबद्धता व्यक्त गर्नुभयो । पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रह्लाद साहले पत्रकारिता क्षेत्रको विकास र वृद्धिका लागि कोष सदैव तत्पर रहने बताउनुभयो । सो अवसरमा पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुईंटेल, मोरङ अध्यक्ष बन्धु पोखरेल, राससका पूर्वक्षेत्रीय प्रमुख हेमराज रेग्मीलगायतले संस्थाले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो । कोषले मोरङलाई कार्य क्षेत्र बनाई कार्यरत पत्रकारलाई बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…