उर्लावारी । मोरङको उर्लावारी स्थित मंगलवारेमा केन्दि«य कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औ रजतजयन्तिको उद्घाटन गर्न आईतवार प्रधानमन्त्री खडगप्रसाद ओली आउने कार्यक्रम तय भएपछि रातारात वाटो कालोपत्रे गरीएकाे सडक २४ घण्टा बित्न नपाउदै भिआइपि र भिभिआइपि हिड्नाले कालोपत्र उक्कीन थालेको छ ।
केही समय अघि राष्ट्रपति आँउदा कालो पत्रे नभएको सो सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै प्राइमर लागाएको २४ घण्टा नवित्दै कालोपत्रे गर्न थालिएको थियाे । विकास र समृद्धिको नारा वोकेको ओली सरकारले यसरी रातारात बाटो कालोपत्रे गर्दा विकास र समृद्धिले जनतालाई सान्तवना दिने काम मात्र भएको स्थानिय बताउँछन् ।
महेन्द्र राजमार्ग देखी दक्षिण शनिश्चरे वजार सम्मको लगभग ३ सय मिटर लामो सो सडकमा उर्लावारी नगरपालिकाको ११ लाख ,प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारमा उपभोक्त समिति मार्फत सो बाटो निर्माण गरिएको प्रतिष्ठनका कार्यकारी निर्देशक विनोद अर्याल वताउँछन् । नगरपालिकालाई थाहै नदि निमाण गरेकाले नगरले मदन भण्डारी प्रतिष्ठानले निमाण गरेको सो बाटोमा छुटाएको ११ लाख बजेट नदिने भएको नगर प्रमुख खड्ग फागोले बताएका छन । उक्त बाटो निर्माण भएको बारेमा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत र ईन्जिनियर लाई थाहा नभएको उनिहरु वताउछन्