• बारा : आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारामा ६ जनाको ज्यान लिएको छ भने दर्जनौं घाइते घएका छन्।

    बाराको फेटा र पर्वानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ। फेटा गाउँपालिका–१ भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा एक बालक रहेका छन्। बालकको शव वीरगन्जको हेल्थ केयरमा राखिएको छ।

    दुई शव वीरगन्जकै नारायणी अस्पतालमा राखिएको छ भने अन्य तीन शव मेडिकल कलेजमा राखिएको छ। शवको सनाखत भने हुन सकेको छैन।

    हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। घाइतेको उद्धारका लागि सडक पन्छाउने काम भइरहेको उनले बताए।

    घटनास्थलबाट सयौंको संख्यामा घाइतेलाई उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा पठाइएको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

    वीरगन्जका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार वीरगन्ज मेडिकल कलेजमा मात्र सय बढी घाइतेको उपचार भइरहेको छ। मेडिकल कलेजमा ल्याइएका सबै घाइते बाराको पर्वानीपुर गाउँपालिका–४ चैनपुरका हुन्।

    साँझ हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। चैनपुरमा दर्जनौको संख्यामा भुसका घर भत्किएका छन्.। सबै घाइतेको वीरगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरकिो भनाइ छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…