• काठमाडौं, चैत १८ गते । आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी २७ जनाको निधन भएको जानकारी घटनास्थलमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको छ । अन्यको विस्तृत विवरण आउन बाँकी छ ।
    यसैबीच, हाम्रा जनकपुर समाचारदाता धर्मेन्द्र झाका अनुसार सोमबार बिहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतक परिवारलाई जनही तीन लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

    यसैगरी, घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले नै व्योहर्ने जानकारी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दिनुभयो । प्रदेश सरकारले पीडितको गाँसबासका लागि तत्काल व्यवस्था गर्ने र पछि पुनर्वासको व्यवस्था गर्ने घोषणा पनि गरेको छ ।
    सोमबार बिहान ८ बजेसम्ममा घाइतेको संख्या बढेर ४७० पुगेको छ । मर्नेहरुको संख्या भने गए राती १२ बजे नै २७ पुगेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचारका लागि आउने र जाने क्रम जारी छ । उद्धारका लागि नेपाली सेनाको एउटा हेलिकोप्टर सिमरा विमानस्थलमा तैनाथ राखिएको छ भने पालहरु उपलब्ध गराउन पहल भइरहेको छ ।
    गोरखापत्रका बारा समाचारदाता शिवशंङ्कर मिश्रका अनुसार बारा जिल्लाको कलैया नगरपालिका वडा नं. १८ को भरवरिया गाउँका २३५ घरमध्ये जम्मा ५ घरको मात्रै घरको छाना बाँकी रहेको छ । भुस र टाली (खपडा) घरका सबै छाना उठाएको छ भने पक्का पाँच घरको छाना मात्रै बाँकी रहेको छ ।
    प्राप्त पछिल्लो जानकारी अनुसार मर्नेहरुमा महागढी माइ नगरपालिका वडा नं. ७ का ६५ वर्षीय कोइली देवी, सोर्नागाउँपालिका वडा नं. ८ को हर्दिया परशुराम टोलका ३५ वर्षीया तरिफ खान र एक ३० वर्षका अवदेश पासवान छन् ।

    गोरखापत्र

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…