बाहुनडाँगी । पुर्वी तराईका आधीहुरीबाट प्रभावीत घाईतेहरुलाई रगत अभाव हुन नदिन रुपन्देहीको देवदहमा सोमबार बृहत रक्त्तदान कार्यक्रम सम्पन्न भएको छ । आइतवार साझ पुर्वी तराइको वारा र पर्सामा वर्षा सहित आएको भिषण हावाहुरीका कारण घाईते हुन पुगेका विरामीहरुलाई रक्त्त अभाव हुन नदिनका लागी देवदहमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। देवदह जेसीज र नेपाल स्वयंसेवी रक्त्तदाता समाज देवदहको आयोजनामा रक्त्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा देवदह नगर प्रमुख हिरा बहादुर खत्रीले बारा र पर्सामा भएको घटना प्रती दुख व्यत्त गर्दै मृत्युहुनेहरुमा श्रद्धाञ्जली र घाइतेहुनेहरुमा श्रिघ स्वास्थ लाभको कामना गर्नु भएको थियो । खत्रीले उत्कृट कार्यको आयोजना गरेको भन्दै आयोजक संस्था प्रती धन्यवाद व्यत्त गर्नु भएको थियो । कार्यक्रममा देवदह उद्योग वाण्ज्यि संघ देवदहका अध्यक्ष गोपाल ढकाल , देवदह जेसीजका अध्यक्ष केशव अधिकारी , स्वयमसेवी रक्त्तदाता समाजका अध्यक्ष विजय गुरुङ्ग , सहयोगी सस्था प्रगती सामुदायिक बनका अध्यक्ष चमकान्त गौडेल , सहयोगी संस्था बुद्ध सामुदायिक बनका अध्यक्ष टेक बहादुर राना , सहयोगी सस्था वाइ पि हार्डवयरका संचालक यम बहादुर गुरुङ सहयोगि सस्था दिर्घायु नेपालका केन्द्रिय सस्थापक डा।लक्ष्मीकान्त पाण्डे लगाएतको सहभागीता रहेको थियो । सो कार्यक्रम बाट ६७ प्वाइन्ट रगत संकलन भएको शाखाका संस्थापक अध्यक्ष जेसीआई सिनेटर विजय गुरुङले बताउनु भयो ।