• देबु बानियाँ
    बाहुनडाँगी । आइतवार साँझ अचानक आएको आँधी हुरीमा परि घाइते भएका बारा र पर्साका जनताको उद्धार तथा सहयोगमा जुट्न नेपाल जेसीजले आग्रह गरेको छ ।
    नेपाल जेसीजले सोमवार एक विज्ञप्ती जारी गर्दै मानवताको सेवामा समर्पित नेपाल जेसीजका देशभरका शाखाहरुलाई हातमा हात र साथमा साथ मिलाएर राहत तथा उद्धारमा जुट्न आग्रह गरिएको हो ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेल र महासचिव जेसीआई सिनेटर अभिषेक श्रेष्ठले हस्ताक्षर गरिएको विज्ञप्तीमार्फत प्रभावित क्षेत्रको नजिकमा रहेका कलैया सिटी र विरगञ्ज जेसीजलाई समन्वय गरी प्रभावकारी ढङ्गबाट राहत वितरणमा जुट्न आग्रह गर्नु भएको छ । यसैगरी विज्ञप्तीमार्फ आँधी हुरीबाट मृत्यु भएका मानिसहरुप्रति श्रद्राञ्जली, घाइतेहरुप्रति शीर्घ स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
    यसैगरी, आइतवार साँझ आएको आँधी हुरी प्रभावित क्षेत्र बारा र पर्साका जनताका लागि देशभरका जेसीज शाखाहरु राहत संकलनमा जुट्न थालेका छन् । सोेमबार विहानैदेखि विभिन्न जिल्लाका शाखाहरु राहत संकलनमा जुट्न थालेका हुन् । चितवन र मकवानपुर जिल्लाका आधा दर्जन शाखाहरु सोमवार नै राहत बोकेर प्रभावित क्षेत्रमा पुगेका छन् । नेपाल जेसीजका पूर्व महासचिव तथा पूर्व कार्यकारीणी उपाध्यक्ष अरुणोश्वर खनालको नेतृत्वमा गएको नारायाणगढ जेसीज, नारायणगढ लेडी जेसीज, बीसहजार जेसीज, हेटौँडा जेसीज, हेटौँडा लेडी जेसी, गीतानगर जेसीज, पर्सा खैरेनी, सारदानगर जेसीज, चन्द्रनिगापसुर सिटी जेसीजलगायतका शाखाहरुले नगद र खाद्यन्न वितरण गरेका छन् । साथै कलैया सिटी र विरगञ्ज जेसीजले आइतवारैदेखि नै राहत तथा उद्धारमा विशेष रुपले लागि परेका छन् । साथै अन्य शाखाहरुले पनि धमाधम संकलन गरिरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…