काठमाडौं – बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि सरकारले प्रभावित काम गर्न नसकेको गुनासो आइरहेका बोल कलाकार सीताराम कट्टेल (धुर्मुस) र पत्रकार रवि लामिछानेको टोली राहत वितरणमा क्रियाशील देखिएको छ ।
आईतबार रातिको हावाहुरीले घरबारविहीन भएर विचल्ली परेकाहरूलाई उनीहरले राहत वितरण थालेका हुन् । आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउन्डेसनले चामल, त्रिपाल र चाउचाउ बाँडेको छ ।
यो राहत आँधीबाट अति प्रभावित भएको फेटा गाउँपालिकामा पुर्याएर गाउँपालिकाका अध्यक्ष अमिरिलालप्रसाद शाहलगायतका प्रतिनिधि मण्डलको रोहबरमा हस्तानान्तरण गरिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।
यस्तो छ फाउन्डेसनले फेसबुकमा सेयर गरेको पोस्ट यसअघि धुर्मुसले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पीडित बनेकाहरुको उद्दार तथा राहतमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनले भूकम्प पीडितका लागि तीन ठाउँमा भूकम्प प्रतिरोधी एकीकृत नमूना वस्ती समेत निर्माण गरिसकेका छन् । अहिले उनी अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको तयारीमा जुटेका छन् । धुर्मुस हरेक आपत्विपद्मा सक्रियतापूर्वक सहयोगमा लाग्ने गरेका छन् ।
चर्चित पत्रकार रवि लामिछानेको टोलीले पनि राहत वितरण गरेको उल्लेख गरेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बिरामीको अवस्था बुझ्न अस्पतालहरूमा गएको, केही दिनका लागि पुग्ने खाद्यान्न आफूहरूसँग स्टकमा रहेको उल्लेख गरेका छन् ।
लामिछानेले फेसबुकमा सेयर गरेको स्टाटस यस्तो छ कम्युनिस्ट सरकार राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रालयलाई निर्देशन दिनमै ठिक्क छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घाइतेको उपचार गर्ने, राहत, उद्धार तथा प्रभावितको उचित व्यवस्थापनका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
सोमबारै बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकले पनि राहत उद्धारमा तदारुकता देखाउने तथा मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । तर पीडित परिवारले सोमबार रातभर भोकभोकै र खुला आकाशमुनि नै रात बिताउनु परेको थियो ।