ओम आचार्य
अहिले ने क पा को दुइतिहाइ सरकारलाइ अधिनायकवादको आरोप लाग्दै आएको छ । नेकपाले मुलुकको राज्यसत्ताको बागडोर सम्हाले देखि यो आरोप लाग्न सुरु भएको हो ।
प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा रहेका अन्य विभागीय मन्त्रीहरुको जुन महत्वपुर्ण विभाग छन ति विभागहरु आफ्नो मातहातमा राखेका छन । आर्थिक प्रशाशन र पारदर्शिता अध्यारोमा राखेर विना टेन्डर सिधै प्रधानमन्त्रीले २५ अरव सम्म स्विकृत गर्ने अधिकार पनि निर्णय गराए । यस्ता थुप्रै विसय छन जसबाट सरकारलाइ अधिनायक सव्दको विशेषण प्रयोग गर्न सकिन्छ ।
अहिले दुइतिहाइको सरकारले संसदमा विपक्षी नै देखेको छैन, लाग्छ देशमा अहिले एकदलिय व्यवस्था छ जुन कम्युनिस्ट हो ।
यस्को प्रत्यक्ष प्रमाण स्वयं सरकार प्रमुखवाट भएको छ त्यस्को पुस्टी बारा र पर्सा जिल्लामा भर्खरै आएको आधिवेरीबाट भएको जन धनको क्षतीमा राहतको लागी गरिएको अपिल हो
"
राहत कार्यमा सबै राजनीतिक दल, र सबै देसबासिमा अपिल गर्नु पर्ने त्यसो नगरेर कसैको उपस्थिती नदेख्नु पनि अधिनायकवाद नै हो ।
र पनि यो अधिनायकवादको उद्गगम स्थल भने अहिलेको नेकपा को सरकार मात्रै भने होइन यो उद्गगम स्थल खोज्दै जाँदा ६२ /६३ को जनआन्दोलन पस्चात स्थापित गणतन्त्रको पहिलो दिनमै सातदलबाट श्रिगणेश भएको हो । जनआन्दोलन पस्चात अर्थात जनअभिमत पस्चात स्थापित गणतन्त्रमा केही कुराहरु जनअभिमत मा नसमेटिएका , जनअभिमत ले उल्लेख नगरेका विसय र शिर्षक पनि गणतन्त्र घोषणा भएको दिन सात दलले गणतन्त्रमा पसाए र ति विसय र शिर्षकमा अहिले एक दशक वितिसक्दा पनि गणतन्त्रमा आएको ति विसयमा विवाद र जन संघर्ष देखिन्दै छ ।
हो यही हो त्यतिखेर सातदलकोअधिनायकवाद ले जन्माएको असन्तुष्टी र यही असन्तुष्टीले अहिले आकार लिन थालेको छ , अहिले यो असन्तुस्टीले आकृती लिन थालेको छ ।
आकार र आकृती लिन थालेको विसय हो संघियता र धर्म निरपेक्ष यि दुइ विसयनै तत्कालिन सात दलको जनअभिमत विरुध्दको अधिनायकवाद हो ।
अहिले राप्रपाले हिन्दुराष्ट्र स्थापनार्थ हस्क्षार अभियान चलाउदै छ । नेपाली काग्रेस भित्रैबाटपनि हिन्दु राष्ट्रकोलागी जनमत संग्रहको कुरा आएको छ र संघियताकै विसयमापनि प्रस्न उठाउन थालेका छन । चित्रबाहादुर केशी ले त सुरुदेखीनै संघियता आवस्यक छैन भनेका छन । यिनै कुराहरुमा पनि गणतन्त्र पछीको नेपाली राजनीतिमा आएको विसंगती ले जनतामा निराशा र गणतन्त्र प्रती उच्चाटन बडिरहेको अवस्थामा
धर्मनिरपेक्ष र संघियतामा विरोध र असन्तुस्टीको आकार र आकृती यती बडेर जाने छ कि भोलि आफुलाइ गणतन्त्रका ठुला साना सवै नायकहरु ले त्यो त्त्रुटी नसच्याए त्यो आन्दोलन को आकृती र आकारमा नआउलान त्यो आकारमा समाहित नहोलान भन्न सकिन्दैन ।