कुमार खड्का चैत २१,पथरी
चैत्र १७ गते आएको अकल्पनीय हावाहुरीले प्रभावित बनेको प्रदेश २ को बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर टोलमा पथरी उद्योग वाणिज्य संघ को अगुवाईमा पुग्दा चैनपुर टोलवासीको मुहारमा हुरीले लुटिएको उनिहरुको अनुहारमा मुस्कान छाएको छ ।
३ मिनेटको हुरीले वर्षौ देखीको घर लाई अन्न उव्जनी वारीमा पछारी दिदा लुटिएको उनिहरुको हासो फर्काउन संघले सहयोग गर्दा एक स्थानिय भने मनकारी भन्दै रुन्चे श्वरमा भनिरहेका थिए ।
वुधवार स्थलगत अनुगमन गर्दै ३ लाख भन्दा वढि मुल्यको राहत सामाग्री लिएर पुगेको संघले स्थानिय सरकारको रोहवारमा पिडित हरुलाई दैनिक उपभोग्य सामाग्री वितरण गरेको हो ।
मोरङको पथरी शनिश्चरेमा रहेको उद्योग बाणिज्य संघको आयोजना तथा पथरी जेसिस, लायन्स क्लब अफ पथरी, लायन्स क्लब अफ पथरी योङ हार्ट, पथरीका संचारकर्मी, लेटाङ्ग नगरपालिका वडा नम्बर २,३,६,८ र लेटाङ्गका संचारकर्मीहरु लगायतका संघ संस्थाको सक्रियतामा स्थानीय गाउपालिका सग समन्वय गरि राहत सामाग्री वितरण गर्दा ४ दिन देखी हराएको मुस्कानमा केहि रातह भएको देखीएको थियो ।
पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतको नेतृत्वमा गएको राहत वितरण टोलीले स्थानिय पथरी वजारको संघ–सस्था,व्यापारीहरुको सहयोगमा राहत सामाग्री संकलन गरि प्रभावित क्षेत्रमा पुगेको थियो ।
हुरीको पिडा सहि रहेका स्थानियमा भने राहत वितरण सम्मान जनक नभएको गुनासो रहेको छ ।
वडाका दलित समुदायका पीडितहरुले भने राहत वितरणमा आफुहरुलाई उपेक्षा गरेको गुनासो गरेका छन ।
आफुहरु दलित भएकै कारण जनप्रतिनिधिहरुद्वारा राहत वितरणमा भेदभाव हुने गरेको एक स्थानियले वताए ।
उक्त आरोपको खण्डन गर्दै गाउपालिका अध्यक्ष हरि नाराएण शाहले पिडितको अपेक्षा अनुरुप राहत वितरण हुन नसकेको स्विकार्दै प्राप्त राहत वितरण भने निश्पक्ष भएको जिकिर गरेका छन् ।
५ सय ५० घरधुरी रहेको सो वडामा ५०० बढी घरहरु पुर्ण रुपमा क्षतीग्रस्त बनेका छन । चैत्र १७ गते साँझको समयमा भएको उक्त अकल्पनीय घटनामा ३ हजार जनसंख्या रहेको सो वडाका अधिकांश बासिन्दा घरबार बिहिन भए सँगै दैनिकी कष्टकर बनिरहेको छ ।