• केराबारी/ उत्तरी मोरङको केराबारी गाउँपालिका-२,सिंहदेवीमा पर्ने पर्यटकीय स्थान जेफालेको फेदीमा नयाँ वर्ष २०७६को अवसर पारेर जेफाले साहित्यिक रचना वाचन गरिने भएको छ।
    विगत वर्षहरुमा झैँ यस वर्ष पनि पर्यटन मेला,भलिबल प्रतियोगिताको उद्घाटन पश्चात् बैशाख २ गते जेफाले साहित्यिक रचना वाचन कार्यक्रम गरिने भएको आयोजक कमिटीका अध्यक्ष भीम ठकुरीले बताए।

    कार्यक्रममा कविता तर्फ राष्ट्रिय स्तरका कविहरु सुदीप पाख्रीन,कवि राज माङ्लाक, कवि हेमन यात्री र कवि तथा समालोचक मुनाराज शेर्मा आफ्ना कविता मार्फत प्रस्तुत हुनेछन् भने गजल तर्फ जीवी गजल र युवराज ठकुरी "अज्ञानी"र सन्देश तुम्बापोको प्रस्तुति रहने छ।त्यसै गरि अन्य उपस्थित स्रष्टाहरुले पनि जेफालेमा साहित्यिक रचना वाचन गर्ने आयोजक समितिका सदस्य विपन राईले बताए ।

    पर्यटन सँग साहित्य जोडेर पर्यटकीय स्थानको विकासमा टेवा पुर्‍याउने अभिप्रायका साथ जेफाले साहित्यिक रचना वाचनको कार्यक्रम आयोजना गरिएको २नं. वडाका वडाध्यक्ष प्रेमबहादुर लिम्बूले बताए।
    पर्यटन मेलामा साहित्य वाचन संगै नकाउट भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ।प्रतियोगितामा प्रथम हुनेले रु ५११११/- कप,मेडल र प्रमाणपत्र ,दोस्रो हुनेले रु२५५५५/- कप ,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने खेलकुद समितिका अध्यक्ष देवी लिम्बूले बताए । उक्त कार्यक्रमको प्रायोजक केराबारी गाउँपालिका-२नं. वडा कार्यालय रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…