• झापा, चैत २१ ।
    झापाको शिवसताक्षी नगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता तथा घोषणा सभा विहीबार सम्पन्न भएको छ ।
    दुधेको खेलमैदानमा एक भव्य कार्यक्रमको आयोजना गरि पार्टी एकता तथा घोषणा सभा सहित पार्टीका पदाधिकारीलाई सफत ग्रहण समेत गराईएको थियो । पार्टीका केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेशका सह ईन्चार्ज सावित्री कुमार काफ्ले अव पुर्व भन्ने शव्द पार्टी भित्र नामेट भएको वताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका उनले भने, ‘ मुलुकका कम्युनिष्ट पार्टी एकै भएको जनताले हेर्न र सुन्न चाहेका थिए, जनताको त्यो सपना साकार भएको छ ।’ पार्टी भित्र मात्र होईन पार्टी वाहिरका सर्वसाधरणले पनि कम्युनिष्ट फुटेको होईन जुटेको हेर्न चाहेका थिए । उनले भने, ‘वास्तवमा पार्टी एकीकरणको नायकको भुमिका खेल्ने अध्यक्ष द्धय केपि ओली र पुष्प कमल दाहाल प्रचण्डले देश, जनता र पाटीको पक्षमा सहि निर्णय गरे ।’
    पार्टीका केन्द्रिय सदस्य देवेन्द्र दाहालले पार्टी एकता पछि मतदाताले नेतृत्वलाई धन्यवाद दिएको वताए । उनले भने, ‘ पाटी एकताको संकेत मिलेपछि गएको निर्वाचनमा पनि नेकपाले ऐतिहासीक जित हात पारेको हो, यो कसैले भुल्नु हुुदैन ।’ कार्यक्रममा अर्का केन्द्रिय सदस्य हरी राजवंशी सांसद शुसीला कन्दङ्गवा, झलकवहादुर दर्लामी मगर, हिरा थापा, पार्टीका जिल्ला कार्यदलका सदस्य चिन्तन पाठक, विजय साम्पाङ्ग राई, राजु आचार्य, रोषन कन्दङ्गवा, शिवसताक्षी नगर कार्यदलका सदस्य कल्पना कार्की, राधाकृष्ण खनाल, डिल्ली रमण खतिवडा, शिवसताक्षी नगरका मेयर चन्द्रकुमार शेर्मा, उपमेयर भोजकुमारी नेपाल लगायतको उपस्थीती थियो ।
    अध्यक्ष महेन्द्र भट्टराई, सचिव धनवहादुर थेवे लगायत ८१ जना पाटी कमिटीका पदाधिकारीलाई सफत ग्रहण गराईएको थियो । यस्तै नगरका ११ वटै वडा कमिर्टीका पदाधिकारीलाई समेत सोहि कार्यक्रममा पद तथा गोपनियताको सपथ गराइएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…