बाहुनडाँगी । धुलाबारी जेसीजले वर्ष २०१९ लाई ४० औं जन्मोत्सवको रुपमा मनाउने भएको छ । सोही अनुसार शुक्रवार ४० औँ जन्मोत्सवको अवसरमा आँखादान र रक्तदानको कार्यक्रम सम्पन्न भएको छ । मानवताको सेवा जरविनको सर्वाेतम कार्य भन्ने जेसीजको आस्थालाई आत्मासाथ गर्दै धुलावारी मोडमा आँखादान र रक्तदानको कार्यक्रम सम्पन्न गरिएको हो । जसमा ४० जनाले आँखादान गरेका छन् । शाखाका पूर्व अध्यक्ष, बोर्डका पदाधिकारी तथा स्थानीयहरुले आँखादान गरेका शाखाका अध्यक्ष केशव पोखरेलले बताउनु भयो ।
मेचीनग नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यता तथा उपम्यर मिना उप्रेतीको विशेष आतिथ्यतामा सहभागिले मरणोप्रान्त आफ्नो आँखा दान गर्ने घोषणा गरेका हुन् ।
यसैगरी बिहान आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरेका छन ।
धुलाबारी जेसीजका अध्यक्ष केशब पोखरेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा धुलाबारी जेसीजका सदस्य, स्थानीय बिभिन्न क्याम्पसका बिद्यार्थीहरु सहित ४० जनाले रगत दान गरेको अध्यक्ष पोखरेले जानकारी दिनु भयो ।
रक्तदान कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं. १० का अध्यक्ष सुवेशकुमार पनेरु, धुलाबारी जेसीज पुर्व अध्यक्ष क्लबका अध्यक्ष पुनित कुमार बंशल लगायतले मानविय सहायता मध्ये रगत दान महादान भएको चर्चा गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमबाट संकलित गरिएको थियो ।
धुलाबारी जेसीजका उपाध्यक्ष गगन पोखरेलले स्वागत मन्तब्य गरेको कार्यक्रम महासचिब डिल्लीराम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।