• काठमाडौं, २२ चैत । पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिने विवादास्पद व्यापारी राजेन्द्र बजगाई पटक पटक विवादमा आएका व्यक्ति हुुन् ।

    स्वीस बैंकमा अर्बौं रकम जम्मा गरेका बजगाईले केही अनलाइन र युट्युबमा देउवा विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिदै हिडिरहेका छन् । बजगाइँले पत्रकारलाई पैसा तिरेर लेखाएका समाचार र युट्युबका भिडियोलाई पैसा तिरेर सामाजिक सञ्जालमा बुस्ट समेत गराएका छन् ।

    बजगाइँले ‘शेरबहादुर देउवाका समर्थकले ज्यान मार्ने धम्की दिएको, सुरक्षाका लागि आफू युएनएचसिआरमा जानुपरेको, नेपाल तरुण दलले आफूविरुद्ध विज्ञप्ति जारी गरेर जघन्य अपराध गरेको बताउदै हिड्ने गरेका छन् ।

    कुनै बेला सभापति देउवाकै गुटभित्र किचन क्याबिनेटका व्यक्ति बजगाइँ र देउवाबीच सम्बन्ध विगार्ने काम महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले गरेका हुन् ।

    सुरुवाती दिनमा ट्रेकिङमा सानातिना काम गरेका बजगाइँ गोर्खा जिल्लाको मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् ।

    बजगाईले १३–१४ वर्षको समयमा अर्बौंको सम्पत्तिको मालिक बन्न ट्रेकिङ व्यवसायमा विदेशीहरूसँगको संगत सहयोग ग¥यो ।

    सांग्रीला होटेलको क्यासिनोमा विदेशी लगानीकर्ताले उनको नाम राखिदिए । क्यासिनो चलेपछि राम्रो पैसा कमाइ गरे ।

    कर छलि गर्ने देशबाट कालोधन भित्र्याउदै सरकारलाई राजश्व नतिरेपछि बजगाइँ क्यासिनो विवादमा परेपछि देउवालाई मिलाइदिन पटक पटक दवाव दिएका थिए ।

    तर, देउवाले राज्यलाई घाटा हुने कुरामा धेरै चासो दिएनन् । त्यसपछि बजगाइँ देउवाले सहयोग नगरेको भन्दै विरोधमा उत्रिएर गुट परिवर्तन गर्दै चरित्र हत्यामा सक्रिय भए । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…