• कुमार खड्का चैत २३,पथरी
    पूर्वी मोरङको कानेपोखरी र वेलवारी वडा नम्वर ५ र ८ लाई जोड्न स्थानिय दुखी टोलमा ७८ लाखको लागतमा झोलुङ्गे पुल वन्ने भएको छ ।
    जिल्लाकै सुगम क्षेत्रका रुपमा हेरीदै आएको भएतापनि त्यहि क्षेत्रको ग्रामिण भगमा भने ओल्लो र पल्लो गाँउ जोड्न का लागि झोलुङ्गे पुल वल्ल बन्न थालेको हो ।
    स्वप (कधबउ) केन्द«को ७२ लाख ३४ हजार ५८ रुपैया, गाँपालिकाको ४ लाख १७ हजार ७ सय ८६, स्थानिय जनश्रमदान बाट १ लाख ५७ हजार २ सय ६२ गरि कुल ७८ लाख ६३ हजार र १ सय ७ रुपैयाको लागतमा वन्ने पुलको शिल्यान्यास शनिवार प्रदेश नम्वर १ का संसद तथा नेपाली कांग्रेसका सचेतक सुर्यमाराज राईले गरे सगै २ पालिकाका २ वडा जोडिने भएका छन् ।


    ओल्लो तिर र पल्लो तिर भएर रहेका २ पालिकाका वासिन्दाको अ‍ैचो–पैचो सर सापट को सम्वन्ध रहेता पनि बर्खाको ३ महिना भने एक आपसमा भेट–घाट वन्देज लाग्दै आएको समस्या अव अन्त्य हुने राईले वताए ।
    पुल वन्ने भएपछि कानेपोखरी वडा नम्वर ५ र वेलवारी वडा नम्वर ८ का ६ हजार वढि व्याक्तिहरु लाव्धीत हुने भएका छन् ।
    २ पालिकाको सिमाना भएर बग्ने चिसाङ खोलामा आगामी असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने समझौता भएको ९१ मिटर लम्वाई भएको बहत्तर विघे झोलङगे पुलले स्थानियले धेरै लामो समय देखी खेप्दै आएको वारी–पारीको समस्यालाई हल गर्ने भएको छ ।
    विशेष गरि वर्खाको समयमा जन–समर्पक नै टुटाउदै आएको खोलाले भने अव स्थानियलाई छेक्न नसक्ने भएको छ ।
    सो स्थानमा पुल निर्माण हुने भएपछि स्थानियको सो समस्या भने दिर्घकालिन रुपमा अन्त्य हुने आशमा त्याँहाका स्थानिय भने खुसी देखीएका छन् ।
    निर्माण कार्य आगामी असार मसान्त सम्ममा समपन्न हुने बताईएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…