रातोकालम अनालाइन!
युएई-चैत्र-२३
नेपाली चलचित्र संगै विदेशमा नेपाल भित्रका जातिय भाषामा बनाएका चलचित्रहरुको प्रदर्शन गर्ने क्रममा बढ्दो छ । यसै क्रममा युएईको विकसित शहर दुबईमा अप्रिल ५ तारिखका दिन पारेर तामाङ कथानक चलचित्र ए विनाको पनि विशेष प्रिमियर शो सम्पन्न गरेको छ ।ए बिना तामाङ्ग सस्कृति मा आधारित नेपाली कथानक चलचित्र संगीत फिल्म को ब्यानर बाट निर्माण गरिएको हो । ए बिना अर्थात् तिमी बिना सम-सामाजिक, प्रेम कहानी र एक्सन तथा परदेशी जीवन लाई चित्रण गरिएको छ ।
यस चलचित्रमा बसन्त लामा र धन बहादुर लामा को डेब्यु नायक रहेको र सुस्मा मोक्तान को नायिका को रुपमा देख्न सकिन्छ तर बिजय तामांङ्गले भने एला मायासे, सेम्ला नाङसाल जस्ता उत्कृषट चलचित्र दिई सक्नु भएको छ । द्वन्द राजु किरात को छ भने र संगीत /गायन बिशाल थिङ्ग, गायिकामा बविता पाख्रिन रहेकि छिन । कथा / नृत्य निर्देशन /निर्देशन विजय तामांङ्ग को रहेको छ ।
यस चलचित्र सन्तोष पीटाकोठी / निरोज लामा को छायांकन मा नेपालको पर्यटकीय क्षेत्र पोखरा, धम्पुस काठमाडौँ लगाएत युएईका विविन्न स्थानका दृश्यहरु चलचित्रमा देख्न पाउनेछ ।
उक्त चलचित्रको प्रिमियर शो कार्यक्रमलाई औपचारिक ढंगले सम्पन्न गर्ने क्रममा सभापतिको रुपमा कार्यक्रमका निर्मता निरोज लामा रहेको थियो भने प्रमुख अतिथिको रुपमा नेपाल आदिबासी जनजाति महासंघ युएईका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ लगायत युएईका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार,कलाकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रम युएईमा सक्रिय रुपमा सामाजिक काम गर्दै आएका व्यक्तिहरुलाई समेत सम्मानपत्रले सम्मान गरेका थिए भने औपचारिक कार्यक्रम विजय लक्ष्मि राईले सञ्चालन गरेकि हुन ।