• काठमाडौं। विभिन्न ६ वटा राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले यही बैशाख ७–९ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। पार्टी एकता भएको लामो समयसम्म पनि महाधिवेशन नगरेपछि निर्वाचन आयोगले पत्र नै पठाएको थियो।

    आयोगले सचेत गराएपछि राजपाले बैशाख ७–९ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर उसले तय गरेको मिति नजिकै आइसक्दासमेत महाधिवेशनको तयारी सुरु नभएपछि महाधिवेशन अन्योलमा परेको छ।

    वैशाख सात आउन दुई हप्ता पनि समय बाँकी नरहेको अवस्थामा पनि महाधिवेशनको कुनै तयारी गरिएको छैन। चैत १५ गतेसम्म साधारण सदस्यता लिने मिति तोकिएको थियो।

    यो अवधिमा कतिले साधारण सदस्यता लिए भन्ने विवरण अहिलेसम्म केन्द्रमा आइपुगेको छैन। हालसम्म वडा, गाउँ, नगर, जिल्ला र प्रदेशको अधिवेशन सुरु हुन सकेको छैन।

    २०७४ बैशाख सात गते विभिन्न ६ वटा राजनीतिक दल मिलेर राजपा गठन भएको थियो। पार्टी गठन भएपछि एकवर्षभित्र महाधिवेशन गराउने निर्णय गरिएको थियो। तर यो अवधिमा महाधिवेशन हुन नसकेपछि विधान संशोधन गरी थप एक वर्षभित्र महाधिवेशन गराउने उल्लेख गरियो। विधान अनुसार असार मसान्तसम्म महाधिवेशन नभए पुन विधान संशोधन गर्नुपर्ने हुन्छ।

    चक्रीय प्रणालीमा संचालन भएको राजपाको नेतृत्व अहिले शरतसिंह भण्डारीले गरिरहेका छन्। उनकै नेतृत्वमा राजपाले महाधिवेशन गर्नुपर्ने हुन्छ। तर नेताहरुको अनिच्छाका कारण महाविधेशन नै अन्योलमा परेको छ। हाल चक्रीय प्रणालीमा रहेको राजपा महाधिवेशनपछि अध्यक्षात्मक प्रणालीमा जाने सहमति भएको नेताहरुले बताएका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…