बेलवारी २४ चैत,
बाराको फेटा गाउँपालिकामा केहि दिन अघि भएको बिनासकारी हावाहुरीका कारण भएका आँधीपीडितलाई मोरङको बेलावारीका संघसंस्थाले राहत वितरण गरेका छन् । बेलवारी उद्योग वाणीज्य संघको आयोजनामा बेलवारीका सबै संघ संस्थाले संयुक्त रुपमा शनिवार बाराको फेटा गाउँपालिकामा गएर ३ लाख नगद बराबरको राहत सामग्री र ६५ विस्थापित घर परिवारलाई नगद ३ हजारको दरले राहत वितरण गरेका छन् ।
राहत सामग्रीका रुपमा खाना पकाउन प्रयोग हुने भाडाँ, कराई, पन्यू, थाल लगायतका सामग्री रहेको उद्योग वाणीज्य संघ बेलवारीका अध्यक्ष योगेन्द्र सुबेदिले बताए ।