• काठमाडौं, २४ चैत । अलग मधेस बनाउने अभियानमा रहेका डा. सिके राउतले मुलधारको राजनीति बनाउने भन्दै जनमत पार्टी गठन गरेपछि तराई केन्द्रित राजनीति गरेर राष्ट्रिय दलको मान्यता पाएका राष्ट्रिय जनता पार्टी नेकल र संघीय समाजवादी फोरम नेपाललाई तनाव भएको छ ।

    प्रधानमन्त्री केपी शर्माओलीले राउतसँग ११ बुँदे सम्झौता गरेपछि राउत मुलधारको राजनीति गर्ने आफ्नो अभियानलाई प्रक्रियामा सुरु गरेका हुन् ।

    आफुहरुको फेस सेभिङ गर्नका लागि राउतले विखण्डनको नारा छाडेर ११ बुँदे सम्झौता गरे पनि विश्वास गरिहाल्ने अवस्था नरहेको मधेश केन्द्रित दलका नेताहरूले बताएका छन् ।

    राउत पनि राजनीतिमा आएपछि आफूहरुको मनोमानी टुट्न सक्ने भएपछि राजपा र फोरमले पार्टी एकिकरणको प्रक्रिया पनि सुरु गरेका छन् । राउतले तराईमा आफ्नो पार्टीको उपस्थिति देखाउन खोजेपछि राजपा र फोरमबीच एकताको गृहकार्य शुरु भएको हो ।

    विगतमा फोरमले पार्टी एकताका लागि राखेको प्रस्ताव बेवास्ता गर्दै आएको राजपाले अहिले आफै अग्रसरता देखाएको छ । राजपाले फोरमले पार्टी एकताका लागि पठाएको पत्रको जवाफ पनि उसले पठाएको छ ।

    राजपाले फोरमलाई पार्टी एकताका लागि पहिला सरकारबाट बाहिरिन सर्त राखेको छ । तर, सत्ता लम्पट फोरम अध्यक्ष उपेन्द्र यादवले सजिलैसँग सरकार छाड्लान भन्नेमा आशंङ्का रहेको स्रोतहरु बताउँछन् ।

    फोरम सरकारमा जादाँ संविधान संशोधन गरी मधेसका मुद्दा समावेश गर्ने सर्त राखेको थियो । तर, सरकार गठन भएको एक बर्षसम्म पनि सरकारले त्यो प्रक्रिया अगाडि बढाएको छैन् ।

    तैपनि सत्तामा जुम्रो भैंm टाँसिएका अध्यक्ष यादवलाई गत फागुन २३ गते राउतसँग भएको सम्झौताले दाँतमा ढुङ्गो लागे जस्तो भएको छ । त्यसपछि उनी आफ्नो अस्तित्व रक्षाका लागि राजपासँग एकता गर्न नरम भएको उनी निकट एक नेताले बताए ।

    आफुलाई मधेसको मसिहा ठान्ने काँग्रेस उपसभापति विमलेन्द्र निधिलाई पनि राउतसँगको सम्झौताले हम्मे–हम्मे पारेको छ ।

    राजपाको हालत ओझेलमा परेर अस्तित्वविहीनको अवस्थामा पुग्ने भनी राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…