जापान– शान्तिको प्रतीक मानिने साकुरा जापानको राष्ट्रिय फूल हो। मार्चको अन्तिमदेखि अप्रिलको दोस्रो हप्तासम्म फुल्ने साकुराले जापानका शहरहरु यतिबेला सेताम्यै भएका छन्।
नेपालको गाउँघरतिर पाइने पैयूँजस्तै देखिने साकुरा फुलेर जापानका क्योतो, माउण्ट योसिनो, माउण्ट फुजी, राजधानी टोकियोको सिन्जुकु ग्योएन लगायतका शहर नै ढकमक्क देखिन्छन्।
जापानमा दुखसुुख साटासाट गर्दै खानपान गर्न साकुराको फेदमुनि भेला हुने प्रचलन पनि छ।
तस्बिरहरुः पेमानुरी शेर्पा, जापान।