• इलाम – पाथीभराको मुख्य मन्दिर ताप्लेजुङमा छ। भाकल हुनेहरू दर्शनका लागि त्यहीँ पुग्छन्। त्यहाँसम्म पुग्न नसक्नेहरु र पहिले गइसकेर फेरि पूजाआजा गर्न चाहनेहरु विभिन्न स्थानमा रहेको ‘सानो पाथीभरा’ जान्छन्।

    त्यस्तैमध्येको एक हो इलामको रोङ गाउँपालिका -३, कुटीडाँडास्थित सानो पाथिभरादेवी। ‘कान्छी पाथिभरा’को नामले समेत चिनिने यस मन्दिरमा पुजाआजा र दर्शनका लागि पुग्ने भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ। पाथीभराको मुख्य मन्दिर देख्न सकिने स्थानमा सानो पाथीभरा स्थापना गर्ने गरिएको छ। धनकुटाको भेडेटार, संखुवासभाको तीनजुरे र मेन्छ्याम डाँडालगायत अन्य स्थानमा पनि सानो पाथीभरा रहेका छन्।

    मन्दिरमा विशेषगरी दशैं-तिहार, तीज, बालाचतुर्दशी, रामनवमी लगायतका चाडपर्वहरूमा मेलासमेत लाग्दछ। अन्य दिनको तुलनामा प्रत्येक शनिबार र मंगलबार दर्शनार्थीको भीड लाग्ने पाथिभरा क्षेत्र विकास कोष समितिका सचिव दिलिप राईले बताए। उनले विवाह व्रतबन्ध तथा पुराणका लागि पनि मानिसहरु मन्दिर आउने गरेको बताए। मन्दिरमा नेपाल, भारत, बंगलादेश तथा भुटान सम्मका भक्तजनहरू दर्शनका लागि आउने गरेको सचिव राइले जानकारी दिए।

    मन्दिर पुग्ने सडक मार्ग

    झापाको चारआलीबाट उत्तरतर्फ मेची राजमार्ग हुँदै करिब डेढ घण्टाको सडक यात्राबाट मन्दिर पुग्न सकिन्छ।सुर्योदय नगरपालिकाको फिक्कलबाट पनि झण्डै आधा घण्टाको यात्रापछि मन्दिर पुगिन्छ। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यो मन्दिर समुद्री सतहबाट १ हजार ८ सय ४० मिटरको उचाइमा अवस्थित छ।

    मन्दिरको स्थापना

    सपनामा पाथीभरा देवीकी अन्तरी बहिनी देखेपछि त्यसका तीन दिनपछि २०३४ सालमा झापा बुधबारेका डिल्लीराम पाठक नामका एक झाँक्रीले मन्दिरको स्थापना गरेको पूजारी यदुनाथ घिमिरेले बताए। २०५१ सालमा विष्णुप्रसाद बरालको अध्यक्षतामा मन्दिरको संरक्षण एवं सम्वर्द्धन गर्ने गर्न पाथीभरा मन्दिर संरक्षण समितिको स्थापना भएको हो।

    व्यवस्थापन तथा सञ्चालन खर्च

    समितिले भक्तजनहरुबाट प्राप्त दान, भेटी र चन्दाबाट मन्दिरको संरक्षण र सवद्र्धनका कामहरु हुँदै आएको छ। स्थानीय सरकार नगरपालिकाले पनि मन्दिरको विकास, प्रवर्द्धन र संरक्षणमा चासो राखेर सहयोग गर्न थालेको समितिले जनाएको छ। समितिका अनुसार रोङ गाउँपालिकाले यसको विकासका लागि गुरुयोजना तयार पारेको छ।

    नेपाल पब्लिकबाट साभार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…