• मोरङको विराटनगर पछिको दोस्रो ठूलो शहर हो उर्लाबारी । साविक राजघाट, मधुमल्लाको ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिका भएको हो । मोरङ जिल्लाकै नमूना नगरको रूपमा परिचित हुन उन्मुख रहेको यस नगरपालिकाका नगरप्रमुख छन् खड्गबहादुर फागो । उनले प्रमुखको जिम्मेवारी सम्हालेकोले डेढवर्ष भएको छ । ७४.६२ वर्ग कि.मि. क्षेत्रफल, करिब ५४ हजार ६ सय ९६ जनसङ्ख्या यो नगरपालिकामा छ । पूर्वाधार विकास, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा नगरवासीले महसुस गर्ने गरी काम गर्नुपर्ने अवस्था छ । योजनाबद्ध विकाससँगै उर्लाबारीलाई समृद्ध नगर बनाउन नगर प्रमुखले हरसम्भव उपाय अपनाइरहेका छन् । यिनै विषयको सेरोफोरोमा उर्लाबारीका नगरप्रमुख खड्ग फागोसँग गरिएको कुराकानीको अंश :

    नगरको नेतृत्व सम्हालेको डेढवर्ष भयो । यस अवधिमा के–के कामहरू भए ?
    –२० वर्षदेखि जनप्रतिनिधि नभएको र कर्मचारीले नै मेयरका रूपमा काम गरेको अवस्था थियो । आन्तरिक लेखाप्रणालीमा नगर सञ्चालन भइरहेको थियो । नगरलाई मैले पहिलेदेखि नै नजिकबाट बुझेको हुनाले यसको सुधारमा पहिले आफूबाटै शुरु गर्नुपर्छ भन्ने बुझेको थिएँ । नेतृत्व गर्ने मान्छे इमान्दार र नैतिकवान नभएसम्म कुनै पनि संस्था सुध्रिँदैन भनेर त्यसैअनुसार अघि बढ्ने अठोट गरेको थिएँ । त्यसैअनुसार काम भइरहेको छ । प्राथमिकता निर्धारण गरेर नगरलाई समृद्ध बनाउने काम धमाधम भइरहेको छ । मुख्य कुरा नगरको र नगरका बासिन्दाको समृद्धि हो । यसका लागि कुनै अल्मल नगरी काम गर्ने भन्ने इच्छाशक्ति छ । कामहरू भइरहेका छन् ।

    तपाईंको प्राथमिकता के हो ?
    –हाम्रो पहिलो प्राथमिकता भनेकै शिक्षा, स्वास्थ्य, पूर्वाधारहरू हुन् । स्वास्थ्य, पूर्वाधारमा हाम्रो ध्यान छ । यसका लागि सामुदायिक विद्यालयको स्तर उकास्नु पर्छ भन्नेमा हाम्रो ध्यान छ । यसको लागि हामीले कामहरू गर्दै आएका छौं । समृद्ध नगर बनाउन विकासका कामहरू पनि भइरहेका छन् । सेवा प्रवाह र सुशासनलाई व्यवस्थित एवम् पारदर्शी बनाउने अभियानमा पनि उत्तिकै सक्रियता रहन्छ । नगरक्षेत्रलाई भौतिक पूर्वाधारका क्षेत्रहरू सडक सञ्जाल, ढल निकासको उचित प्रबन्ध, पूर्ण सरसफाइयुक्त र अन्य पूर्वाधारका क्षेत्रहरू शिक्षा, स्वास्थ्य, सञ्चारलगायत औद्योगिक क्षेत्रको रूपमा नगरपालिकालाई देशकै नमूना नगर स्थापित गर्ने सोच बनाएको छु ।

    हिजोका दिनमा त्यस्ता योजनाका काममा गुणस्तर राम्रो नभएको कुरा उठ्थ्यो । काम सुस्त भयो भन्ने गुनासो व्यापक थियो । अन्य अधिकांश योजनामा पनि उस्तै अवस्था थियो । तर अब हामीले समन्वय गरी त्यस्ता सबै नकारात्मक पक्ष हटाउने र विकासलाई द्रूत गतिमा अघि बढाउने काम शुरु भइसकेको छ । नगरको सडकलाई कालोपत्रे गर्ने योजनाअनुसार काम भइरहेको छ । जनताले अपनत्व हुने गरिको काम र विकासको गतिलाई अगाडि बढाउने मेरो मुख्य प्राथामिकता छ ।

    के–के नियम, कानून निर्माण भए ?
    –अन्य स्थानीय तहभन्दा हामी कानून निर्माण गर्नमा अगाडि छौं । हामीले अहिलेसम्म ऐन, नियमावली, आचार–संहिता, कार्यविधि र निर्देशिका गरी २९ वटा बनाएका छौं । ऐन, नियमावली र कार्यविधिहरू बनाएर कार्यपालिकाबाट विभिन्न मितिमा स्वीकृत र प्रमाणीकरण समेत गरी राजपत्रमा प्रकाशित गरेका छौं । थप अरु पनि कानूनहरू बनाउनेछौं ।

    तपाईको पाँच वर्षको कार्यकाल सकिँदा उर्लाबारी कस्तो बन्नेछ ?
    –शिक्षा र स्वास्थ्यमा परिवर्तन हुनेछ । स्वास्थ्यको क्षेत्रमा पनि महŒवपूर्ण सुधार र परिवर्तन हुनेछ । शिक्षामा आमूल परिवर्तन हुनेछ । स्वास्थ्यको क्षेत्रमा पनि महŒवपूर्ण सुधार र परिवर्तन हुनेछ । विकासको कामले गति लिनेछ । नगरबासीले देख्ने गरिको काम गर्नेछु । हाम्रो क्षेत्रमा पर्यटकीय गन्तव्य प्रशस्त रहेका छन् । यसको प्रचार गरी पर्यटकीयस्थलको रूपमा विकास गर्नेछौं ।

    डेढ वर्षमा चारजना कार्यकारी अधिकृत फेरिए । तपाईको कार्यशैलीप्रति असन्तुष्टि जनाउ“दै सरुवा लिएर जान्छन् भन्ने गुनासो छ । यस्तो किन भइरहेको छ ?
    –म जनताबाट निर्वाचित जनप्रतिनिधि हुँ । नगरपालिकामा आएका सेवाग्राहीको काम सरल ढङ्गले चाँडो होस् भन्ने चाहन्छु । जनतालाई सेवा लिन आउँदा अनावश्यक रूपमा दुःख दिनु हँुदैन भन्ने मेरो मान्यता छ । अर्को कुरा भनेको पारदर्शी हुनुपर्दछ । म भ्रष्टाचार गर्दिनँ र गर्न पनि आउँदैन । यी कुराहरू नचाहने र चित्त नबुझ्नेहरू जाने गर्दछन् । यसमा मलाई केही भन्नु छैन ।

    अनियमिततालाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
    –कार्यकारी अधिकृत, वडासचिवहरू सबैलाई बोलाएर हिजोका दिनमा के भयो थाहा छैन तर अब कसैले पनि सेवाग्राहीका कुनै पनि काम आजको काम आजै गर्नु, भोलि भनेर नटार्नुस् भनेर निर्देशन दिएको छु । कुनै अनियमितता वा कुनै किसिमको ढिलासुस्ती भयो भने कारबाही गर्छु भनेर स्पष्ट निर्देशन दिएको छु । उर्लाबारीलाई भ्रष्टाचारमुक्त बनाउने, सुशासन कायम गर्ने र पारदर्शी ढङ्गबाट अघि बढाउने कुरामा प्रतिबद्धता व्यक्त भयो । अनियमितता र भ्रष्टाचारजस्ता कुरामा शून्य सहनशीलताको नीतिका साथ अघि बढिएको छ ।

    अन्य दल र सरोकारवालाहरूसित छलफल र सुझाव लिने गर्नुभएको छ ?
    –समृद्धिको प्रयास एक्लै सम्भव हुँदैन । सबै क्षेत्रबारे सबै जानकारी पनि नहुन सक्छ । यसैलाई मध्यनगर गर्दै काम गर्न सजिलो होस् भनेर हामीले सबै क्षेत्रका विज्ञलाई सहभागी गराएर विज्ञ समूहहरूसँग छलफल हुने गरेको छ । शिक्षा, स्वास्थ्य, इञ्जिनियरिङ, उद्योग–व्यापारसँग सम्बन्धित, नागरिक समाज, भाषा, कला साहित्यलगायत सबै क्षेत्रका विज्ञहरूको ज्ञानलाई उपयोग गरी नगरलाई समृद्ध बनाउने हाम्रो योजना हो । सबैको सुझावका आधारमा अघि बढिरहेका छौं ।

    उर्लाबारी नगरपालिकामा पर्ने खोलाहरूमा कम मूल्याङ्कनमा ठेक्का लाग्यो भन्ने जनगुनासाहरू आएका छन् । खास कुरा के हो ?
    –उर्लाबारी नगरपालिकामा रहेका बक्राहा, सोल्टी, सुनझोडा, मावा र मिक्लु गरी पाँचवटा खोला ठेक्का लागेका छन् । जिल्ला समन्वय समिति मोरङबाट आईई प्रतिवेदन पास भएर आएपछि २ करोड ९१ लाखमा आएका थियो । हामीले टेण्डर आह्वान ग¥यौं । टेण्डर आह्वान गर्दा जसले बढी लागत लगायो उसैलाई ठेक्का लगाइदिएका हौं । हामीले त ३ करोड ५६ लाखमा ठेक्का दिएका हौं । हामीले झन् बढी मूल्याङ्कन गरी ठेक्का लगाएका छौं । अनि कसरी भन्न मिल्छ कम मूल्याङ्कनमा ठेक्का लगाइयो भनेर ? अन्य स्थानीय तहका खोलाहरूमा कम मूल्याङ्कनमा ठेक्का लाग्दा पनि केही हुँदैन, हामीले मूल्याङ्कनभन्दा बढीमा लगाउँदा पनि अनावश्यक हल्ला हुने गरेको छ ।

    अन्त्यमा नगरबासीलाई केही भन्न चाहनुहुन्छ ?
    –काम गर्ने क्रममा विभिन्न आरोप र टिका–टिप्पणीहरू आउने गर्दछन् । उर्लाबारीलाई समृद्ध नगर बनाउनुको साथै भ्रष्टाचारमुक्त बनाउने, सुशासन कायम गर्ने र पारदर्शी ढङ्गबाट अघि बढाउने कुरामा प्रतिबद्धता व्यक्त गरेको छु । अनियमितता र भ्रष्टाचारजस्ता कुरामा शून्य सहनशीलताको नीति अपनाएको हुनाले म सम्पूर्ण नगरबासीबाट सुझाव, सल्लाह र साथ लिन चाहन्छु ।

    ब्लाष्टबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…