• उर्लाबारी । पूर्वी मोरङमा स्थापित अरनिको हस्पिटल प्रा.लि. उर्लाबारीको आयोजनामा क्यान्सर रोग सम्बन्धि तीन दिने बृहत निःशुल्क स्वास्थ्य शिबिर सोमबारबाट सुरु भएको छ ।
    हस्पिटल हाताभित्र भएको स्वास्थ्य शिविरमा उत्साहजनक सेवाग्राहीहरुको सहभागिता रहेको छ ।

    निशुल्क स्वास्थ्य शिविरसँगै उर्लाबारी, पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ, रतुवामाई र मिक्लाजुङमा कार्यरत नर्सिङ एबं पारामेडिक्सहरुलाई क्यान्सर रोग सम्बन्धी रोकथाम र क्यान्सर रोग पहिचान तथा छनौट तालिम पनि दिइने हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिए । शिविरको उद्घाटन प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ्गले गर्नुभएको थियो ।



    उर्लाबारी नगरपालिका र अरनिको हस्पिटल प्रा.लि.को संयुक्त आयोजनामा हुने शिबिरमा झापा र मोरङका ३ हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको हस्पिटलका प्रबन्ध निर्देशक चिरञ्जीबी चुडालले जानकारी दिनुभयो । बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनको प्राविधिक सहयोग शिविरको आयोजना गरिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…