• लक्ष्मी अधिकारी 

    विर्तामोड । झापा गौरादह २ का सावालाल ताजपुरिया बैदेशिक रोजकारको जाने तयारिमा दलालबाट ३ लाख रुपैंया ठगिएका छन् । ताजपुरियालाई पाहृनियर ओभरसिज बिर्तामोड साखाको आफू एजेन्ट भएको भन्दै भद्रपुर ७ का खकन सरकारले उक्त रकम ठगि गरेका हुन् । पीडित ताजपुरियाका अनुसार आफुलाई बैदेसिक रोजकारका लागि खकनले माल्दिफ्स पठाईदिने र उक्त देशजान करिव ३ लाख लाग्ने बताएका थिए । सोह बमोजिम पछि पटकपटक गरेर आफुले उक्त रकम दिए, ताजपुरियाले भने ।

    ताजपुरियाको भिजा पनि आयो हवाईजहाजको टिकट पनि उनी घरबाट बिदा भएर काठमाडौ पनि पुगे जब उनी ईयरपोट पुगे तब मात्र ताजपुरियालाई थाहा भपो सरकार ले दिएको भिजा र टिकट नक्कली रहेछ भनेर । ताजपुरियालाई छागाबाट खसेजस्तो भयो। गौरादहमा सुकुम्बासी बस्तिमा बस्ने ताजपुरीयाले उक्त रकम पनि ऋणपान गरेर ल्याएका थिए ।
    उनलाई बिमास्थल सम्म लगेका सरकार ताजपुरि केहि क्षणमै सम्पर्क विहिन हुन पुगे ।

    घटना भएको केही दिन पछि ताजपुरिया आफनु घर फर्किए । घटनाबारे आफना साथीभाई र आफन्तलाई भन्न थाले पछि केही युवाको सक्रियतामा खकन सरकारको खोजि सुरु भयो । खोजेको केही दिनमा सरकार बिर्तामोड मा फेला परे । ताजपुरियाले आफ्नो पैसा माग्दा उल्टो कुटाई समेत खानु परेको बताए । मलाई विदेश लाने बाहानामा ठग्यो,पैसा माग्दा उल्टै मरासन्न हुने गरि कुटपिट गर्यो,उनले भने ।

    कुटाईबाट ताजपुरियाको नाकको डाडि भाचिएको छ भने हातमा समेत स्टिल लाउनु पर्ने भएको छ । सरकारले अन्धाधुन्द ताजपुरियालाई कुटपिट गर्न थालेपछि स्थानियले सरकारलाई ईलाका प्रहरी कार्यालय अनारमोनिमा बुझाएका थिए । ताजपुरियाको दमक स्थित लाईफलाईन अस्पतालमा उपचाररत छन। ताजपुरिया भन्छन पैसा त पाईन उल्टो कुटाई समेत खानु परो । म सबैसँग न्यायको लागि हजुरहरुको साथ माग्छु । गरिवको लागि कानुन र न्यायको लागि प्रसाशनबाट पनि सहयोग पाईन् ।

    सवालालका बुबा भन्छन, आफुहरु सुकुम्बासी भएर बसिरहेको र छोराले पैसा कमाउछ कि भन्ने लागेको थियो अब कसरी तिर्ने ?
    ताजपुरिया भन्छन आफू सरकारबाट ठगिएको निवेदन बोकेर ईप्रका बिर्तामोड गए । तर त्यहा बैदेसिक ठगि सम्बन्धि आफुहरुले नहेर्ने भनेर निवेदन समेत नलिई प्रहरीले फर्काईदिएको उनको भनाइ छ । उनी जिल्ला प्रशासन कार्यालय झापा समेत गए तर त्या पनि उनको कुरालाई महत्व नदिएको ताजपुरियाको भनाई छ।
    यस विषयमा ईलाका प्रहरी कार्यालय बिर्तामोड का एक प्रहरी कर्मचारी भन्छन्,आफुहरुले बैदेसिक ठगि नहेर्ने भएकाले निवेदन नलिएको हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…