• काठमाडौं, २५ चैत । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गठजोड सुरु भएको छ ।

    अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपालबीच ओलीलाई प्रधानमन्त्रीबाट हटाउनका लागि नयाँ गठबन्धन निर्माण भएको हो । नेकपा निकट स्रोतका अनुसार ओलीविरुद्ध प्रचण्ड र नेता नेपालले नयाँ मोर्चाबन्दी सुरु गरिसकेका छन् ।

    दुई नेता निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई आर्थिक बर्ष २०७६/७७ को बजेट ल्याएपछि जसरी हुन्छ हटाएर आफुहरु शक्तिमा आउने आन्तरिक सहमति बनेको छ । ओलीलाई हटाएर आफुहरु सत्ता र पार्टीको शक्तिमा पुग्नका लागि प्रचण्ड–नेपाल गोप्य रुपमा पटक पटक बार्तामा बसेका थिए ।

    करिव आधा दर्जन पटक भएको बार्तापछि उनीहरुबीच इश्युमा मोर्चाबन्दी भएको हो । दुई नेताले ओलीसँग असन्तुष्ट नेता बामदेव गौतमलाई पनि आफ्नो कित्तामा उभ्याउन सफल भएका छन् ।

    १५ जेठमा सरकारले आर्थिक बर्षको बजेट संसदमा पेश गरेपछि नेतृत्व परिवर्तन गर्ने तयारीमा उनीहरु जुटेका छन् । एक नेताहरुका अनुसार त्यो तयारी नेता गौतमको नेतृत्वमा भइरहेको छ ।

    प्रचण्ड र नेपालबीच प्रधानमन्त्री र पार्टी अध्यक्ष पद एक अर्कामा साट्ने गरी सहमति बनेको बताइन्छ । उनीहरुले अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि राष्ट्रपति परिवर्तन गरेर बनाईदिने भन्दै आफ्नो कित्तामा ल्याउने प्रायास गरिरहेका एक नेताले बताए ।

    प्रचण्डसँग एकिकरण पुर्वको सिंगो माओवादी रहेको र नेपालसँग पूर्व एमालेको एक कित्ता रहेकाले ओली विरुद्ध बहुमत पुग्ने आंकलन उनीहरुको छ ।

    अझ त्यसमा बामदेव र झलनाथ थपिएपछि ओलीलाई पार्टीमा स्वतः अल्पमतमा पार्न सकिने पछिल्लो गठजोडका एक खेलाडीले जानकारी दिए । नेकपामा बामदेवको गुटपनि निर्णायक छ । नाम उल्लेख नगर्ने सर्तमा ओली नेतृत्वको सरकारको आयु जेठ महिनासम्म मात्रै रहेको पनि बताए ।

    प्रचण्ड प्रधानमन्त्री भए नेपाल अध्यक्ष बन्ने यदि त्यसो हुन नसके नेपाल प्रधानमन्त्री बन्ने र प्रचण्डलाई पार्टी नेतृत्वको जिम्मा दिनेगरि ‘वान म्यान, वान पोष्ट’ को अवधारणमा जाने गठजोडको आन्तरिक योजना छ ।

    ओलीविरुद्धको नयाँ गठबन्धन बनाउने सम्पूर्ण जिम्मेवारी बामदेवलाई दिइएको बताइन्छ । झलनाथलाई फकाएर गठजोडमा ल्याउने जिल्ला प्रचण्डले लिएका छन् भने, नेपालले ओलीको गुटमा रहेका नेताहरुलाई जति सकिन्छ आफ्नो पक्षमा तान्ने जिम्मेवारी लिएका छन् ।

    पार्टीमा पहिलो बरियताको अध्यक्ष समेत रहेका ओलीले सरकार सञ्चालन र पार्टी सञ्चालनमा एकलौटी गरेपछि उनी विरुद्ध नेताहरुले मोर्चावन्दी गरेका हुन् । पार्टीको स्थायी समिति, केन्द्रिय समिति, प्रदेश समिति र मातहतका सबै समितिमा एकलौटी गर्न लागेपछि उनलाई देखाईदिन भन्दै नेताहरु एकतावद्ध भएका हुन् ।

    स्थायी समिति निर्माण र प्रदेश समिति निर्माणमा नेता नेपालले फरक मत लेखेका थिए । यता गत जेठमा मात्रै पार्टी एकिकरण गरेका प्रचण्ड पनि ओलीका क्रियाकलापदेखि सन्तुष्ट छैनन् । उनले आफुले भनेका कुनै पनि काम ओलीले नगरेपछि अन्य नेतासंग मोर्चावन्दी गरेर प्रधानमन्त्री भन्ने रणनीति बनाएका उनी निकट स्रोतले बतायो ।

    उता, चलाख राजनीतिक खेलाडी ओलीले पनि नेपाल र प्रचण्डको रणनीति बुझेर उनीहरुको गठजोड भत्काउनका लागि प्रयास गरिरहेको बताइन्छ ।

    नेपाल र प्रचण्डसँग रहेका नेताहरुलाई पदको लोभ देखाएर आफ्नो पक्षमा तान्न ओली लागिरहेका बताइन्छ । तर, नयाँ सरकार बन्दा ठुलो पद पाइने लोभमा नेताहरु भने जान नमानेको स्रोतहरुले उल्लेख गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…