• काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीक्रान्ति र नेपाली जनतामाथीको ओली सरकारको फाँसीवादी दमनको प्रतिरोध गर्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । साथै उसले यसको प्रभावकारी सफलताको निम्ति सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा सकृय सहभागीताको लागि विशेष अनुरोध समेत गरेको छ । सो पार्टीका महासचिव विप्लवले सोमबार एक विज्ञप्ति मार्फत संघर्षका कार्यक्रमहरुको घोषणासहित सो अनुरोध गरेका हुन् ।

    महासचिव विप्लवले ओली सरकारको प्रतिबन्धलाई नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी गरेको बताएका छन् ।

    उनले विज्ञप्तिमा भनेका छन् ‘ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्र्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फासीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’

    नेपाल कम्युनिस्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाइराखेको पार्टी भएकोले यसलाई नजिस्काउन उनले चेतावनी समेत दिएका छन् । विप्लवले काभ्रेको काफल डाँडामा युवा कार्यक्रता माथि गोली चलायर गिरफ्तार गरेको बताएका छन् ।

    त्यस्तै बाटोमा यात्रा गरिराखेको बेला स्थायी समिति सदस्य सुदर्शन सहित ९ जनासहित फागुन २८ गतेपछि देशै भरी नेता र कार्यक्रता गरी दर्जनौंको संख्यामा गिरफ्तारी गरि गरिसकेको घरमा सुतिराखेका जनता, पार्टीकाम खटीराखेका नेता र कार्यक्रतालाई गिरप्तार गर्ने र झुट्टा मुद्दामा फसाउने कार्य बेलगाम चलाएको भन्दै आपत्ति समेत जनाएका छन् ।

    यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “नेपाली जन क्रान्ति र राष्ट्रिय राजनीतिमा “एउटा मजाक”को प्रतिनिधि केपी ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रम माथि गत फाल्गुण २८ गते राती अंकुश लगाउने निर्णय ग¥यो । त्यस पछि लगतै ओली सरकारले फरमान जारी ग¥यो कि ३५ दिनको हदम्याद भित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिने छ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दीसकिएको छ ।

    जसको परिणाम कपिलवस्तु शिवपुर निवासि दुर्गा वहादुर रोकाको राती ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडि बाट गोलीहानी घाइते बनाईयो । काभ्रेको काफल डाँडामा युवा कार्यक्रता माथि गोली चलायर गिरप्तार ग¥यो । बाटोमा यात्रा गरिराखेको बेला स्थायी समिति सदस्य क। सुदर्शन सहित ९ जनालाई गिरप्तार ग¥यो । फाल्गुण २८ गते पछि देशै भरी नेता र कार्यक्रता गरी दर्जनौंको संख्यामा गिरप्तारी गरि गरिसकेको छ । घर मा सुतिराखेका जनता, पार्टीकाम खटीराखेका नेता र कार्यक्रतालाई गिरप्तार गर्ने र झुट्टा मुद्दामा फसाउने कार्य बेलगाम छ ।

    गाउँमा सुरुक्षा निकायको अप्रेशनको आतंक छ । ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्र्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।

    नेतृत्वको गद्धारी, विचलन्ता र धोकाधडीका कारण नेपाली जनयुद्ध र जनआन्दोलनहरु अपूर्णतामा टुङ्गिए पनि अहिले देशमा जुन राजनैतिक परिस्थिति सृजना भएको छ र उपलब्धीहरु हासिल भएका छन त्यो १० वर्षको नेपाली जनयुद्धको नेतृत्व र जनआन्दोलनको सहयोगको योगमा हासिल भएका छन । यो नेपाली राजनैतिक आन्दोलन र विगतको नेपालको क्रान्तिकारी आन्दोलनको अकाट्य सत्य हो ।

    ०६२÷०६३ पछि शान्ति प्रक्रिया र वार्ताको नाममा नेपाली जनयुद्ध, माओवादी पार्टी, जन आन्दोलन, जनयुद्धको विचार, राजनैतिक कार्यक्रम र क्रान्तिको पूर्णताका विरुद्ध देशी विदेशी प्रतिक्रियावादी सड्यन्त्र हुन थाले पछि वैदेशिक साम्राज्यवाद, संसदीय प्रतिक्रियावाद र प्रचण्ड मण्डलीको आत्मसमर्पणवाद विरुद्ध जीवनमरणको संघर्षबाट जन्मेको हाम्रो पार्टी नेपाल कम्युष्टि पार्टी हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…