देबु बानियाँ
बाहुनडाँगी । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर कमल भण्डारीलाई वर्ष २०१९ मार्च महिनाको नेशनल अफिसर अफ द मन्थको अवार्ड प्रदान गरिएको छ ।
नेपाल जेसीजले हरेक महिना नेपाल जेसीजका पदाधिकारीहरु मध्ये उत्कृष्ट एक जनालाई प्रदान गर्ने यो अवार्ड नेपाल जेसीजको सचिवालयले सोमवार अफिसर अफ द अवार्डको नाम सिनेटर भण्डारीको सार्वजनिक गरेको हो ।
अवार्ड अनुसार तेस्रो महिनाको अवार्ड सिनेटर भण्डारीले प्राप्त गर्न सफल हुनु भएको हो । यस अघि राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अमिश ढकाल र राष्ट्रिय उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले प्राप्त गर्नु भएको थियो ।
सिद्धार्थनगर जेसीज वर्ष २०१८ का अध्यक्ष भण्डारी जनकपुरमा सम्पन्न महाधिवेशनबाट २०१९ का लागि राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । क्षेत्र ‘ख’ को निरुपित उपाध्यक्षको जिम्मेवारी पाउनु भएको भण्डारीले आफ्नो निरुपित क्षेत्रमा रहेका शाखाहरुलाई प्रभावकारी रुपमा क्रियाशील बनाउन प्रयत्नशील हुनुहुन्छ ।