• बाहुनडाँगी । जनकपुर जेसीजले चैत महिनामा ३ वटा तालिम सम्पन्न गरेको छ । शााखाले समय व्यवस्थापन, लोम अफिसर र मास्टर अफ सेरमोनी तालिम सम्पन्न गरेको हो ।
    समय व्यवस्थापन तालिम कलेजका विद्यार्थीहरुलाई केन्द्रीत गरी आयोजना गरिएको थियो । होटल होटल होयलकममा सम्पन्न तालिम शाखाका पूर्व अध्यक्ष एवम् प्रोफेसर दिलिप जलानले प्रशिक्षण गराउनु भएको थियो । तालिममा कलेजका ७२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा पूर्व अध्यक्षहरु शंकरप्रसाद शाह, सुधिर पंजियार, विजय शाह, रबि शाह, लक्ष्मीनारानयण शाह, नासिर अहमद, मनिष रमन शाह, रामकिशोर शाह, विद्याकरप्रसाद शाहको समेत गरिमामय सहभागिता रहेको थियो । शाखाका पूर्व अध्यक्ष रामबाबु गुप्ताको प्रमुख आतिथ्यता तथा शाखाका अध्यक्ष तुलसी पञ्जियारको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत कार्यक्रम संयोजक प्रियान्सु शाह र सञ्चालन महासचिव अशोककुमार शाहले गर्नु भएको थियो ।
    यसैगरी शाखाका पदाधिकारीहरुलाई लोम अफिसर तालिम समेत सम्पन्न गरेको छ । लोम अफिसर शाखाका पूर्व अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता सुधिप कोइरालाले प्रशिक्षण गराउनु भएको थियो । जसमा शाखाका २५ जनाको सहभागि रहेको थियो ।
    साथै जनकपुर जेसीजले मास्टर अफ सेरमोनी तालिम समेत सम्पन्न गरेको छ ।
    तालिमका प्रशिक्षण नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष एवम शाखाका पूर्व अध्यक्ष सिनेटर मनिषरमण शाहले गराउनु भएको थियो । तालिममा २६ जनाको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…