• काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्रको गुटबन्दी सहतमा देखिएको छ। गुटगत राजनीति उत्कर्षमा पुग्दा पार्टीको केन्द्रीय समितिको बैठक नै प्रभावित भएको छ। कांग्रेसले शनिबार केन्द्रीय समितिको बैठक बोलाएको थियो। तर नेताहरु विभिन्न गुटमा विभाजि हुँदा बैठक स्थगित भएको छ।

    पार्टीमा गुटगत राजनीति हावी भएको भन्दै नेता कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवाले सोमबार आफ्नै निवासमा बोलाएको बैठकमा अनुपस्थित रहे। देउवाले सिटौलालाई बोलाएको भएपनि उनी सहभागी भएनन्। सिटौलाले भागबन्डाले पार्टी नचल्ने भन्दै बैठकमा सहभागी नभएको उनीनिकट नेता भिमसेनदास प्रधानले बताए।

    पार्टीको कार्यसम्पादन समिति गठनको विषयमा सहमति नजुटेपछि केन्द्रीय समिति बैठक स्थगित गरेर सभापति देउवा सहमतिको प्रयासमा जुटेका छन्। शुक्रबार सभापति देउवा निवासमा बसेको बैठकले भागवण्डाका आधारमा कार्य सम्पादन समिति गठन गर्ने सहमति जुटाएको थियो। तर त्यसमा सिटौलाले आफूलाई अपमान गर्ने काम भएको भन्दै बैठकको बीचमा नै उठेर हिँडेका थिए।

    शुक्रबार बसेको बैठकमा देउवा र पौडेलबीच समिति गठनका लागि ६०/४० को भागबन्डामा सहमति जुटेको भनिएको थियो। तर, सिटौलालाई राख्ने पक्षमा पौडेल सहमत नभएपछि केन्द्रीय समिति बैठक नै स्थगित भएको थियो।

    गत शुक्रबारको बैठकमा भने वरिष्ठ नेता पौडेलले महाधिवेशनमा भोट जसलाई दिएको उसैले समेट्नुपर्छ भन्दै सिटौलालाई अलग्याउने गरी अड्को थापेका थिए। त्यसपछि भागबन्डामा पार्टी नचल्ने भन्दै सिटौला बैठकको बीचबाटै बाहिरिएका थिए।

    कांग्रेसमा कार्यसम्पादन समिति केन्द्रीय कार्यसमिति पछिको शक्तिशाली मानिन्छ। कांग्रेसको परिमार्जित विधानमा कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुने व्यवस्था छ ।

    सभापति भने समितिको संयोजक रहन्छन्। यस्तै, संसदीय दलको नेतासमेत कार्यसम्पादन समितिको सदस्य रहने व्यवस्था गरिएको छ। विधानअनुसार केन्द्रीय कार्यसमितिले आफूमध्येबाट कार्यसम्पादन समितिका लागि सदस्य चयन गर्न सक्छन्।

    ‘नेताको बोलीको ठेगान नभएपछि अहिलेको अवस्था सृजना भएको हो,’ सिटौला निकट मानिसले नेता प्रधानले भने, ‘शुक्रबार बसेको बैठकमा रामचन्द्र पौडेलले मलाइ भोट दिएका थिए र मैले उनलाई आफ्नो पक्षमा समेट्नु भनेपछि उहाँले (सिटौला) अपमान भएको महशुस गर्नु भएको छ।’ उनले पार्टीमा गुटगत राजनीतिको अन्त्य गर्नुपर्ने भन्दै विधानमा नभएको कुरा पार्टीभित्र कार्यान्वयन गर्न खोजेपछि अहिलेको अवस्था आएको बताए।

    सभापति देउवाले सबैलाई समेटेर लैजानुपर्नेमा सभापतिले नै भागवण्डाको राजनीतिक सुरु गरेर पार्टीमा भद्रगोलको अवस्था सृजना गरेको उनले आरोप लगाए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…