• काठमाडौं, २६ चैत । एनसेलको पूँजीगत लाभकर असुुली गर्न सर्र्वाेच्च अदालतले परमादेश दिएको २ महिना पूरा भएको छ ।

    गएको माघ २३ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको बृहत् पूर्ण इजलासले एनसेल र एक्जियटाले लाभकर तिर्नुपर्ने पमारदेश दिएको थियो ।

    सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएका कारण ठूला करदाता कार्यालयले लाभकर असुलीका बारेमा कुनै प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

    ठूला करदाता कार्यालयका निर्देशक कृष्णप्रसाद मैनालीले लाभकर असुली गर्ने परमादेश सर्वोच्च अदालतले दिएको भए पनि पूर्ण पाठ नआएका कारण लाभकर असुली प्रक्रिया अगाडि बढ्न नसकेको बताए ।

    फैसलामा आयकर ऐनलाई कसरी ब्याख्या गरी लाभकर असुली गर्नु भनिएको छ, त्यसअनुसार अगाडि बढ्नुपर्ने हुन्छ । नेपालको आयकर ऐनले लाभकर बिक्रेता कम्पनीले तिर्नुपर्ने भनेको छ ।

    मैनालीले भने–‘फैसलाको पूर्णपाठ छिट्टै आउने भनिएको छ । सायद यही हप्ता पूर्ण पाठ आउनेछ । त्यसपछि मात्र लाभकर असुलीका बारेमा के कसरी जान सकिन्छ भन्न सकिने छ ।’

    एनसेलले लाभकर तिर्न आलटाल गर्दै अएका कारण ब्याज, जरिवाना र हर्जानासमेत गरी करिब ७३ अर्ब रुपैयाँ पुगिसकेको दृष्टिमा उल्लेख छ ।

    स्वीडिस कम्पनी टेलियासोनेराले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत शेयर मलेसियाको एक्जियटा कम्पनीलाई बेचेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…