• रतुवामाई । मोरङको रतुवामाईमा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेल ७ नं वडाले जितेको छ । वडा नम्बर ८ लाई ४—१ गोल अन्तरले पछि पार्दै वडा नम्बर ७ ले खेल जितेको हो ।
    उद्घाटन खेलका मेन अफ द म्याच ७ नं वडाका खेलाडी सरोज मगर भएका छन् ।
    सौठा मा.विको खेलमैदानमा आज बाट सुरु भएको रतुवामाई प्रथम मेयर कपको उदघाटन मोरङ क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्य डा. मिनेन्द्र रिजालले गर्नुभयो ।

    प्रतियोगितामा नगर भरिका १० वटै वडाको सहभागिता रहेको छ । वैशाख ७ गतेसम्म सञ्चालन हुने मेयर कप प्रतियोगिताको विजयी टिमले १ किलो ग्राम चादी र १ तोला सुनको रनिङ शिल्ड नगद रु १ लाख , दोश्रो हुनेले रु ५० हजार त्यस्तै तेश्रो हुनेले नगद रु ३० हजार साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
    मेयरकप प्रतियोगितामा बोल्दै प्रतिनिधीसभा सदस्य डा. मिनेन्द्र रिजालले स्थानिय सरकारको गठन भएकाले मात्र यस किसिमका प्रतियोगिताहरु सम्भव भएको वताउनु भयो । वहाले यस किसिमको खेलले प्रतिभावान राष्ट्रिय खेलाडी उत्पन्न् गर्न सहयोग पुग्ने वताउनु भयो ।
    त्यस्तै कार्यक्रममा वोल्दै प्रदेश सांसद शिवनारायण सिंहले विकासको एउटा पाटो खेलकुद पनि भएकाले यस्ता प्रतियोगिताले समग्र नगरको विकासमा सघाउ पुग्ने वताउनु भयो । कार्यक्रममा वोल्दै नगर प्रमुख रविन राईले खेलकुद विकासको मुख्य पाटो भएकोले नगरले त्यसै अनुरुपले सवै वडाहरुमा खेलकुदको विकासमा लागि परेको वताउनु भयो । वहाले प्रत्येक वडामा स्तरीय खेलमैदान र नगरपालिकामा एउटा रंगशालाको निर्माण गर्ने पनि वताउनु भयो ।
    भव्यताको साथ सुरु भएको प्रथम रतुवामाई मेयरकप फूटबल प्रतियोगितामा स्थानिय जातीहरुको झाँकी सहित १० वटै वडाका एकसय पचास भन्दा बढि खेलाडीहरुले मार्चपास गरेका थिए । भोली हुने दोश्रो खेलमा वडा नं २ र ३ भिड्दै छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…